मुम्बई । ४२ दिनसम्म अस्पतालको भेन्टिलेटरमा रहेका कमेडियन तथा अभिनेता राजु श्रीवास्तवको बुधबार बिहान निधन भयो । उनको स्वास्थ्य लाभको कामना गरिरहेकाहरू उनको निधनसँगै दुःखी बनेका छन् । उनको अहिले अन्तिम संस्कारको तयारी चलिरहेको छ ।यही बीचमा नयाँदिल्लीको एम्स अस्पतालले उनको भर्चुअल प्रविधिमार्फत पोस्टमार्टम गरेको छ । एम्स फरेन्सिक विभागका प्रमुख डा. सुधीर गुप्ताले भर्चुअल अटोप्सीको प्रयोगमार्फत उनको पोस्टमार्टम...
नाइजर । दक्षिणपूर्वी क्षेत्रमा बोको हरामका संदिग्ध जिहादी लडाकूहरूले नाइजरका नौ र नाइजेरियाका दुई गरी ११ जना किसानको गोली हानी हत्या गरेको स्थानीय अधिकारीले बुधबार बताएका छन्। ‘टौम्मौरबाट सात किलोमिटर टाढा बोको हराम निकट लडाकूले मङ्गलबार बिहान गोली हानेर ११ जना किसानको हत्या गरेका छन्’, आक्रमणस्थल नजिकै रहेको सहरका मेयर इसा बोंगाले एएफपीलाई बताए। यो सहर लेक चाडको तल्लो...
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ ६७ पैसा र बिक्रीमा १२८ रुपैयाँ २७ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद मूल्य १२६ रुपैयाँ ७४ पैसा र बिक्रीमूल्य १२७ रुपैयाँ ३३ पैसा ताेकेकाे छ ।अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ २३ पैसा र बिक्रीदर ८५ रुपैयाँ ६३ पैसा, क्यानेडियन डलर एकको खरिद...
कोलम्बो । श्रीलंकाको वार्षिक मुद्रास्फीति दर अगस्टमा ७० प्रतिशतभन्दा बढी पुगेको छ । देश ७० वर्षपछिकै सबैभन्दा खराब आर्थिक संकटसँग संघर्ष गरिरहेको छ । आधिकारिक तथ्यांकले पनि खाद्यान्नको मूल्य एक वर्ष अघिको तुलनामा ८४.६ प्रतिशतले बढेको देखाएको छ ।२२ मिलियन जनसंख्या भएको दक्षिण एसियाली राष्ट्र यस वर्ष विदेशी मुद्राको अभावमा आर्थिक र राजनीतिक अराजकतामा फसेको थियो । गत महिना...
काठमाडाैँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकैदिन ३ हजार ७० जना सवारी चालकलाई कारवाही गरेको छ।ट्राफिक नियम उल्लंघन गरेका कारण बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरूलाई कारवाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १३० जना, लेन अनुशासन पालना नगर्ने ९३ जना, रेड लाइटमा सवारी साधन चलाउने ५८, निषेधित क्षेत्रमा हर्न...
वीरगञ्ज । पर्साको सदरमुकाम वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, उपप्रमुख इम्तियाज आलमसहित जिल्लाका १२ स्थानीय तहका अध्यक्ष र उपाध्यक्षलाई निर्बाचन आयोगले जरिवाना गरेको छ। आयोगले उनीहरूलाई गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा भएको खर्च विवरण नबुझाएकोले नगद जरिवाना गरेको हो।जिल्लाको पोखरिया र बहुदरमाई नगरपालिकाका मेयर र उपमेयरलाई जनही साढे चार लाख जरिवाना गरिएको छ। नेकपा एमालेबाट...
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ ।
मौसम विश्लेषण (Meteorological Analysis)
हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status)
हाल देशको सुदूरपश्चिम प्रदेश र प्रदेश १ मा सामान्य बदली र...
काठमाडौँ । राजधानीको बूढानीलकण्ठ नगरपालिका–११ लसुनटारमा गए राति भएको आगलागीमा परी मृत्यु हुनेको पहिचान खुलेको छ।मृत्यु हुनेमा ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा, सङ्खुवासभाका ३२ वर्षीय अशोक राई र काठमाडौँको रानीबारी बस्ने २५ वर्षीय छेवाङ शेर्पा रहेका छन्। कपनको लसुनटारस्थित इलाइट हिमालयन एडभेञ्चरमा पोर्टेबल अक्सिजन सिलिण्डर र चुलो बाल्नका लागि प्रयोग हुने पोर्टेबल ग्यास सिलिण्डर विष्फोट हुँदा आगलागी भएको...
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन, समानुपातिक निर्वाचनका लागि ‘अस्थायी मतदाता’को नामावली आजदेखि संकलन सुरु गरिने भएको छ । सर्वोच्च अदालतको आदेश अनुसार निर्वाचन आयोगले सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई समानुपातिक निर्वाचनका लागि ‘अस्थायी मतदाता’को नाम संकलन गर्न थालिएको हो ।सर्वाेच्चले सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न भनेको थियो । तर, आयोगले...
काठमाडाैँ । नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लाे २४ घन्टामा देशभर गरिएको १ हजार ९७ पिसिआर परीक्षणका क्रममा ३९ जना र २ हजार ३ सय ५० एन्टिजेन परीक्षणका क्रममा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।कोरोनाका कारण कसैकाे पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै, थप १ सय ७५ संक्रमित निको भएका छन्। हाल...










