Wednesday, September 23, 2026
Home समाज ३ हजार ७० जना सवारी चालकमाथि कारवाही

३ हजार ७० जना सवारी चालकमाथि कारवाही

73

काठमाडाैँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकैदिन ३ हजार ७० जना सवारी चालकलाई कारवाही गरेको छ।

ट्राफिक नियम उल्लंघन गरेका कारण बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरूलाई कारवाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १३० जना, लेन अनुशासन पालना नगर्ने ९३ जना, रेड लाइटमा सवारी साधन चलाउने ५८, निषेधित क्षेत्रमा हर्न बजाउने १३७ र नम्बर प्लेज राम्रोसँग नराख्ने ५० जना रहेका छन्।

यस्तै, २ हजार ६०२ जनालाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ।