काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पेस गरेको छ।आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति भवनमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेस गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ।
काठमाडाैँ । नेकपा माओवादी केन्द्रकाे विद्यार्थी संगठन अखिल क्रान्तिकारीले राष्ट्रपति विद्या भण्डारीकाे पुत्ला जलाएकाे छ।संगठनले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गरेपछि पुत्ला जलाएकाे हाे।मीनभवनस्थित एनसिसी कलेजअगाडि अखिल क्रान्तिकारीले राष्ट्रपति भण्डारीकाे पुत्ला जलाएकाे हाे। प्रतिनिधिसभा र राष्ट्रियसभाले दुई पटक पारित गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण...
झापा । सडक दुर्घटना न्यूनीकरण गर्नका साथै स्वच्छ तथा सफा पालिका बनाउने उद्देश्यले शिवसताक्षी नगरपालिकाले सडकमा रहेका सबै प्रकारका अतिक्रमण हटाउन निर्देशन गरेको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले सूचना नै जारी गरेर सात दिनभित्रमा नगरभित्रका सडक अतिक्रमण हटाउन सबैलाई निर्देशन दिएका हुन् । पूर्व-पश्चिम लोकमार्ग र नगरका सहायक मार्गमा छाप्रा, टहरा निर्माण गर्ने तथा निर्माण सामग्री राख्ने, सडक किनारमा दलहन बाली लगाउने,...
सुर्खेत । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ४८ दलले निर्वाचन आयोगमा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गरेका छन् । कर्णाली प्रदेशमा भने २८ दलले बन्दसूची बुझाएका छन् ।प्रदेशसभा सदस्यका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउनेहरूमा राष्ट्रिय जनमोर्चा, मंगोल नेसनल अर्गनाइजेसन, नेपाल मजदुर किसान पार्टी, नेपालका लागि नेपाली पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी केन्द्र , राष्ट्रिय...
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले नागरिकता विधेयक प्रमाणीकरण नगरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीप्रति असन्तुष्टि जनाएका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले संविधानको पालना र संरक्षण गर्न नसकेको आरोप लगाएका छन् ।‘पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी वृहत् जनआवाज उठिरहेका छन् । यो...
काठमाडौँ । गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा संविधानविद्सँग छलफल गर्ने भएकाे छ। बुधबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनले संविधानका जानकारहरूलाई आमन्त्रण गरेको हो।दोस्रोपटक पठाएको नागरिकता विधेयक प्रमाणीकरण गर्नैपर्ने बाध्यात्मक व्यवस्था संविधानले गरे पनि राष्ट्रपति भण्डारीले त्यसको उल्लंघन गरेकी छिन्। मंगलबार मध्यरातिसम्म विधेयक प्रमाणीकरण गरिसक्नुपर्ने भए पनि भण्डारीले विधेयकलाई त्यसै थन्क्याएकी हुन्।बिहान बसेको गठबन्धनको...
काठमाडौँ । भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु गरेको जजिरा एयरवेजले कुवेत–चीन दुईतर्फी व्यावसायिक उडान सुरु गरेको छ ।चीनको पश्चिमी क्षेत्रमा रहेका ठूलो जनसङ्ख्यालाई मध्यनजर गर्दै कम्पनीले सियानलाई उडान गन्तव्यका लागि रोजेको जनाइएको छ । उक्त कम्पनीले सोमबारदेखि कुवेत–चीन दुईतर्फी व्यावसायिक उडान सुरु गरेको बताइएको छ ।कम्पनीले उक्त गन्तव्यमा छिट्टै दैनिक उडान गर्ने जनाएको छ । उक्त गन्तव्यका...
रामपुर । पाल्पामा डेँङ्गु रोगका बिरामी बढ्दै गएका छन् । जिल्लामा हालसम्म एक सय ५७ जना डेँङ्गु रोगका सङ्क्रमित फेला परेको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन अधिकृत मधुसुदन भट्टराईले बताए। उनका अनुसार डेँङ्गुको सङ्क्रमणले पाल्पामा एक जनाको मृत्यु भएको छ । सङ्क्रमित बिरामीको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।तानसेन नगरपालिका, रैनादेवीछहरा गाउँपालिका, रिब्दिकोट गाउँपालिकामा सङ्क्रमित बढिरहेको पाइएको छ । सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा जिल्लाका सरकारी अस्पतालमा कीट अभाव छ ।...
काठमाडौं । संसदबाट दोस्रो पटक पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष पठाएको नागरिकता विधेयक फिर्ता गरेकोमा प्रतिपक्ष दल नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले काठमाडौंको बानेश्वरमा निकालेको स्वागत र्याली । संघले राष्ट्रपतिको कदमलाई ऐतिहासिक कदमको संज्ञा दिएको छ ।
काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन भएको ‘प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’ लाई पूर्णता दिएका छन् । उनले शर्मा संयोजक रहेको समितिलाई बुधबार ४१ सदस्यीय बनाएका छन् ।समितिमा पार्टीका केन्द्रीय सदस्य, समाजसेवी, इन्जिनियर, प्राध्यापक, डाक्टर, कलाकार, पत्रकार, खेलाडीदेखि साहित्यकारसम्म समेटिएको छ । देउवाले वरिष्ठ पत्रकार सुरेश आचार्य र...










