थप ८१ जनामा काेराेना संक्रमण

29

काठमाडाैँ । नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लाे २४ घन्टामा देशभर गरिएको १ हजार ९७ पिसिआर परीक्षणका क्रममा ३९ जना र २ हजार ३ सय ५० एन्टिजेन परीक्षणका क्रममा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोनाका कारण कसैकाे पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै, थप १ सय ७५ संक्रमित निको भएका छन्। हाल नेपालमा १ हजार ४ सय ८३ सक्रिय संक्रमित आइसाेलेसनमा रहेको मन्त्रालयले जनाएको छ।