Saturday, June 27, 2026
Home Blog Page 715
काठमाडौं । राष्ट्रपति विद्यादेव भण्डारीले नागरिकता विधेकय प्रमाणीकरण नगरेको विषयमा सर्वाेच्च अदालतमा परेको रिटमाथि आइतबार सुनुवाइका लागि पेसी तोकिएको छ ।न्यायाधीश हरि फुयालको इजालसमा तोकिएको पेसी आठौं नम्बरमा राखिएको छ । संघीय संसदको दुवै सदनले पारित गरेर पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरिनन् ।दोस्रो पटक पठाएको विधेयक गत मंगलबार (४ असोज) प्रमाणीकरण गर्नुपर्नेमा...
लमजुङ । डेंगु संक्रमण बढ्न थालेपछि लमजुङमा नियन्त्रण र रोकथामका लागि स्थानीय तहले उच्च प्राथमिकता दिएका छन् । डेंगुबाट संक्रमण हुनेको संख्या बढ्न थालेपछि यहाँका स्थानीय तह यसको नियन्त्रणका लागि जुटेका हुन् ।सदरमुकामस्थित बेसीसहर नगरपालिकाले डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरुआत गरेको छ । कोभिड-१९ को संक्रमणपछि अहिले पुनः डेंगु जोखिम बढेकाले यसको नियन्त्रण गर्नुपर्ने स्थानीय सरकारको दायित्व रहेको बेसीसहर नगरपालिकाका प्रमुख...
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । आइतबार तोलामा एक हजार रुपैयाँले घटेर सुनको भाउ ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।शुक्रबार तोलामा एक हजार रुपैयाँले बढेर तोलामा ९२ हजार आठ सय रुपैयाँमा पुगेको भाउ आज एक हजार रुपैयाँले नै घटेको हो । तेजाबी सुन भने प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा...
काठमाडौँ । फिल्म ‘पुष्पा’ फेम्ड अभिनेता अल्लू अर्जुनकी पाँच वर्षकी छोरी अल्लू अरहाले फिल्म ‘शकुन्तलम’ बाट अभिनयमा डेब्यू गर्ने भएकी छन् । यो फिल्म आगामी नोभेम्बर ४ मा रिलिज हुँदैछ ।फिल्ममा तेलुगुसँगै हिन्दी, तमिल, मलयालम र कन्नड भाषामा रिलिज हुनेछ । यो फिल्मलाई वर्षकै ठूलो फिल्म मानिएको छ । फिल्ममा अल्लू अरहाले राजा दृष्यन्त र शकुन्तलाका छोरा राजकुमार भरतको...
काठमाडाैँ । नेपाल राष्ट्र बैंकले १२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकले ९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो।मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ। केन्द्रीय बैंकले ९१ दिनको लागि ९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो। यो ट्रेजरी...
बैतडी । बैतडीका जिप चालकमाथि भएको कुटपिटका विषयमा छलफलका लागि दुवै पक्षलाई प्रहरीले बोलाएको छ । बिहीबार पाटन नगरपालिका–५का जिप चालक खेमराज पाण्डेयलाई पाटन–६ का लक्ष्मण भण्डारीले कुटपिट गरेको पीडित पाण्डेयले बताए । यस विषयमा छलफल गर्न आइतबार प्रहरीले दुवै पक्षलाई बोलाएको हो ।‘म जिल्ला सदरमुकामबाट यात्रु बोकेर पाटन गइरहेको थिएँ, पाटन बजार नपुुग्दै भण्डारीले फोन गर्नुभयो, अरु बेला...
काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकैदिन मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने २२३ जना चालकलाई कारबाही गरेको छ । उपत्यकाको विभिन्न स्थानमा शनिबार उनीहरूलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।सोमबार उपत्यकामा ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने कुल ३ हजार ३३५ जना सवारी चालकलाई कारबाही गरेको थियो । कारबाहीमा पर्नेमा लेन अनुशासन पालना नगर्ने...
काठमाडाैँ । पितृपक्षको अन्तिम दिन आज ज्ञात-अज्ञात पितृहरूलाई अन्तिम तर्पण दिँदै विसर्जन गरिँदैछ। असोज औँसीका दिन पितृपक्षको अन्तिम दिन आज दिवङ्गत आफन्तको स्मरण गर्दै यसवर्षको सोह्रश्राद्ध विसर्जन गरिँदैछ।असोज कृष्णपक्ष हिन्दू वैदिक परम्परामा पितृपक्षका रूपमा मनाइँदै यो पक्षभरि दिवङ्गत आफन्तलाई पवित्र जलको तर्पण र गाईका दूधमा पकाइएको खिरको पिण्ड दिई श्राद्ध गर्ने चलन छ।पितृपक्षका अवसरमा मधेस प्रदेशको प्राचीन मिथिलाक्षेत्रमा तीर्थश्राद्ध...
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसी सेनाको लजिस्टिक व्यवस्थापन फितलो गरेको आरोपमा जनरललाई बर्खास्त गरेका छन् । उपरक्षामन्त्री जनरल दिमित्री बुल्गाकोभलाई शनिबार उनको भूमिकाबाट हटाइएको रक्षा मन्त्रालयले जनाएको छ ।जनरल बुल्गाकोभले सन् २००८ देखि सेनाको लजिस्टिक अपरेसन चलाउँदै आएका थिए । सन् २०१५ मा सिरियामा रुसी सेनाको तैनाथीपछि आपूर्ति गर्ने जिम्मेवारी उनी नै थिए ।मन्त्रालयले ६७ वर्षीय...
काठमाडौं । नेपाल राष्ट्र बैङ्ककाअनुसार आइतबार एक अमेरिकी डलरको बिक्रीदर १२९ रुपैयाँ ८९ पैसा पुगेको छ । यो हालसम्मकै उच्च हो ।विश्व बजारमा अमेरिकी डलरको माग बढेसँगै मूल्य उकालो लागेको हो । डलरको मूल्यबृद्धिको असर नेपालसँगै भारतीय रुपैयाँमा पनि परेको छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमयदर रहेको छ ।राष्ट्र बैङ्कले आज अमेरिकी डलर एकको खरिदमा १२९ रुपैयाँ...