अल्लुकी छोरी अल्लु अरहा शकुन्तलममा

130
काठमाडौँ । फिल्म ‘पुष्पा’ फेम्ड अभिनेता अल्लू अर्जुनकी पाँच वर्षकी छोरी अल्लू अरहाले फिल्म ‘शकुन्तलम’ बाट अभिनयमा डेब्यू गर्ने भएकी छन् । यो फिल्म आगामी नोभेम्बर ४ मा रिलिज हुँदैछ ।

फिल्ममा तेलुगुसँगै हिन्दी, तमिल, मलयालम र कन्नड भाषामा रिलिज हुनेछ । यो फिल्मलाई वर्षकै ठूलो फिल्म मानिएको छ । फिल्ममा अल्लू अरहाले राजा दृष्यन्त र शकुन्तलाका छोरा राजकुमार भरतको भूमिकामा अभिनय गर्दैछिन् ।

फिल्ममा सामन्था रुथ प्रभु शकुन्तलाको भूमिकामा देखिँदैछिन् भने पुरु वंशका राजा दृष्यन्तको भूमिकामा मलयालम स्टार देव मोहन देखिँदैछन् । यो उनको पहिलो तेलुगु फिल्म हो ।

फिल्ममा दर्शकले भीएफएक्सको प्रयोग बढी हेर्न पाउनेछन् । यो फिल्मको पोस्ट प्रोडक्सनमा १० महिनाको समय लागेको थियो । फिल्मले कश्मीरको प्रेमकथालाई देखाउनेछ ।