जनकपुरधाम । धनुषाको सीमा क्षेत्रबाट साढे १९ लाख रुपैयाँ बराबरको चाँदीसहित एक जना पक्राउ परेका छन्। धनुषाको जटही नाका हुँदै भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले भारत बिहारको मधुवनी जिल्लाको सुट्ठी गाउँका ५० वर्षीय चन्द्रकान्त झालाई पक्राउ गरेको हो।जटही नाका भएर साइकलमा सवार भइ शरिरमै चाँदीको पोकाहरु बाँधेर ल्याउँदै गर्दा चेकजाँचको क्रममा उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको...
काठमाडाैँ । प्रेमगीत-३ काे हिन्दी संस्करण लिक भएकाे छ। चलचित्र सामाजिक सञ्जाल टेलिग्राममा लिक भएकाे हाे।गत शुक्रबारदेखि विश्वभर प्रदर्शन भएकाे चलचित्रले राम्राे व्यापार गरिरहेकाे जनाइएकाे छ। भारतमा हिन्दी संस्करणले पहिलो दिनमै नै ९२ लाख भारतीय रुपैयाँ जम्मा गरेकाे भारतीय मिडियाहरूले जनाएका छन्।चलचित्र विश्वभरका ६ सय थियटर्सबाट प्रदर्शनीमा आएकाे थियाे। भारतमा मात्रै ३३० थिएटर्समा प्रदर्शनीमा आएकाे निर्माण पक्षले जनाएकाे छ।...
काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ सत्र नम्बरस्थित चतरा–बराहक्षेत्र भित्री सडक खण्डमा शनिबार साँझ पहिरो जाँदा सडकमा पूर्णरुपमा अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडक खण्डमा शनिबार राति पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । प्रहरी चौकी गलेश्वरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको...
काठमाडौं ।काभ्रे र कैलालीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।काभ्रेको धुलिखेल नगरपालिका–५ श्रीखण्डपुर बस्ने रमेश लामिछानेको छोरा ११ वर्षीय रिजन लामिछानेको सोही ठाउँस्थित पुण्यमाता खोलामा डुबेर शनिबार साँझ मृत्यु भएको छ ।काठको पुलबाट खोला तर्ने क्रममा चिप्ली खस्दा डुबेर गम्भीर घाइते भएका उनको सिर मेमोरीयल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो ।कैलालीको जोशीपुर गाउँपालिका–१ बडहरीया बस्ने नर...
काठमाडौं । विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।काठमाडौंको काठमाडौं महानगरपालिका–३ बसुन्धारास्थित सडकमा बा.२ ज ११९२ नम्बरको ट्याक्सीले बा.९१ प ५४०३ नम्बरको स्कुटरलाई गएराति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक प्रहरी प्रभाग तिलिङ्गेटारमा कार्यरत प्रहरी कार्यालय सहयोगी ३१ वर्षीय राजु गुरुङ रहेका छन् ।ठक्करबाट गम्भीर घाईते भएका उनको शिक्षण...
काठमाडौं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।पर्साको वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट ३ केजी गाँजासहित भारत घर भएका ७० वर्षीय ब्रहमबाबा केवटलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।यसैगरी पर्साकै वीरगन्ज महानगरपालिका–१६ शंकराचार्य गेटबाट सेतो हेरोइन ५ सय मिलिग्राम र नाइट्राभेट १२...
काठमाडौँ । सरकारले चाडपर्वको बेलामा दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशनसमेत दिनेगरी बनाएको समितिले विभिन्न १४ निर्णय गरेको छ।शनिबार गृह मन्त्रालयमा गृह प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले चाडपर्वको समयमा यात्रुहरूको अत्यधिक भीड भएको कारण देखाई सवारी साधनहरूको छतमा बसी यात्रा गर्न र झुण्डिएर यात्रा गर्न नदिने, आवश्यकतानुसार अनुगमन गर्नेसहित १४ निर्णय गरेको हो।निर्णयहरू:१. गन्तव्य...
सिराहा । सिराहाको गोलबजरमा नाला (ढल)मा सालनालसहितको नवजात शिशुको शव फेला परेको छ। गोलबजार नगरपालिका- ६ मा महिना पुगिसकेको जस्तो देखिने सालनालसहितको शिशु (छोरा)को शव नालामा फालिएको अवस्थामा आइतबार बिहान फेला परेको हो।स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाएपछि तत्काल पुगेको प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि शव प्रादेशिक अस्पताल लहान पठाइएको इलाका प्रहरी कार्यालय गोलबजारका...
काठमाडौं । स्टक एक्सचेञ्जमा अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको पहिलो कारोबार भएको छ । आइतबार पहिलाे काराेबार सुरु गरेकाे अभियान लघुवित्तकाे स्पेशल प्रि-ओपनिङ सेसनमा प्रतिकित्ता ३ सय १६ रूपैयाँमा काराेबार भएको छ ।नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिसेयर न्युनतम १०५ रूपैयाँ ३६ पैसादेखि अधिकतम ३१६ रूपैयाँ ८ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको थियो ।कम्पनीको कारोबार अधिकतम रेञ्जट सुरू भएको हो । शुक्रबार कम्पनीको...
काठमाडौं । राष्ट्रपति विद्यादेव भण्डारीले नागरिकता विधेकय प्रमाणीकरण नगरेको विषयमा सर्वाेच्च अदालतमा परेको रिटमाथि आइतबार सुनुवाइका लागि पेसी तोकिएको छ ।न्यायाधीश हरि फुयालको इजालसमा तोकिएको पेसी आठौं नम्बरमा राखिएको छ । संघीय संसदको दुवै सदनले पारित गरेर पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरिनन् ।दोस्रो पटक पठाएको विधेयक गत मंगलबार (४ असोज) प्रमाणीकरण गर्नुपर्नेमा...










