काठमाडौं । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिदमूल्य १३० रुपैयाँ ३० पैसा र बिक्रीमूल्य १३० रुपैयाँ ९० पैसा रहेको छ । विश्व बजारमा अमेरिकी डलरको माग बढेसँगै मूल्य उकालो लागेको हो । डलर बलियो भएसँगै नेपाली, पाकिस्तानी र श्रीलंकाली रुपैयाँ पनि कमजोर भएको छ भने पाउन्ड–युरो पनि कमजोर...
काठमाडौं । श्रीमतीको हत्या गरि किरिया गरेकै ठाउँबाट एक जना श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ। श्रीमतीको हत्या गरी किरिया बसेका विहारी नगरपालिका-५ ललियाका, ५० वर्षीय श्रीमान रामा मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रदिप क्षेत्रीले जानकारी दिए।उनका अनुसार घरायसी विषयमा विवाद हुँदा रामाले कोदालोको बिँडले टाउकोमा प्रहार गरी ४५ वर्षीया श्रीमती जिवछी देवी मण्डलको...
काठमाडौं । काठमाडौं जिल्ला अदालतले रिसोर्टको बिलमा मेनुमा उल्लेख भएको मूल्यबाहेक मूल्य अभिवृद्धि कर (भ्याट) र सेवा शुल्क शीर्षकमा अतिरिक्त रकम लिन नपाइने फैसला गरेको छ ।काठमाडौंको बूढानीलकण्ठमा रहेको ग्रिन भ्याली रिसोर्टले मेनुमा उल्लेख भएको मूल्यभन्दा बढी रकम लिएको विषयमा परेको मुद्दामा जिल्ला अदालतले मेनुमा तोकिएको मूल्यका अतिरिक्त सेवा शुल्क बापत १० प्रतिशत र भ्याटबापत १३ प्रतिशत रकम उपभोक्ताबाट...
भक्तपुर । राष्ट्रिय युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटीको अध्यक्षमा रबिन थापा सर्वसहमत चयन भएका छन् । सो कमिटीको उपाध्यक्षमा प्रदिप रुपाखेति, सचिव उपेन्द्र ढकाल, सह सचिव महेस मास्के , दिपेस बिसुन्खे तथा युथ फोर्सको अध्यक्षमा राजिव प्रजापति उपप्रमुख अल्ला दाहाल लार्इ चयन गरेको छ । सो भेलामा नेकपा एमालेका पोलिटब्युरो सदस्य, निवर्तमान सांसद, पूर्वमन्त्री महेश बस्नेतको प्रमुख आतिथ्यता...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको बुलेटिन अनुसार तीन दिनको मौसम यस्तो हुनेछ ।मौसम विश्लेषण (Meteorological Analysis)हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।हाल मौसमको अवस्था (Present Weather Status)हाल देशभर आंशिक बदली रही मधेश प्रदेश, बागमती प्रदेश र प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। २०७९ असोज ११ गते (मंगलबार)दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक...
इस्लामाबाद । दक्षिणपश्चिम पाकिस्तानमा हेलिकप्टर दुर्घटनामा ६ पाकिस्तानी सैनिकको मृत्यु भएको छ । एक महिनाको अवधिमा यो दोस्रो हवाई दुर्घटना हो ।अफगानिस्तान र इरानको सीमा जोडिएको बलुचिस्तान प्रान्तको सानो सहर खोस्ट नजिकै हेलिकप्टर खसेको थियो । ‘उडान मिसनमा रहेको हेलिकप्टर आइतबार राति ढिलो दुर्घटनामा परेको थियो । दुर्घटनामा सेनाका दुई मेजर ९दुवै पाइलट० सहित छ जना कर्मचारीले शहादत प्राप्त...
काठमाडौं । सोमबार एक बन्दुकधारीले विद्यालयमा गोली चलाएका छन्। समाचार संस्था रोयटर्सका अनुसार सोमबार दिउँसो रूसी सहर इजेभ्स्कको एउटा विद्यालयमा छिरेका बन्दुकधारीले सुरूमा गार्डलाई गोली हानेका थिए। त्यसपछि उनले चलाएको गोली लागेर केही विद्यार्थीसहित ६ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।
बन्दुकधारीले आफूलाई पनि गोली हानेर मारेका छन्। बन्दुकधारीको मृत्यु भइसकेकाले उनले गोली चलाउनुको कारण खुलेको...
काठमाडौं । किरण कुमार लिम्बुले बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा कप्तानी गर्ने भएका छन् । नेपाल र बंगलादेशबीच मंगलबार दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुँदैछ । सोमबार भएको प्रि-म्याच कन्फ्रेन्समा कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईँसँगै कप्तान किरण उपस्थित भएका थिए ।
काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहले ४० प्रतिशत सिट माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने भएको छ । संस्थापनइतर शेखर कोइराला समूहको भेलाले आसन्न निर्वाचनमा आफ्नो समूहबाट ४० प्रतिशत उम्मेदवार बनाउनुपर्ने माग गरेको छ । यसका लागि आउँदो बुधबार पार्टी कार्यालयमा एक घण्टा धर्ना दिने कोइराला समूहले निर्णय गरेको छ ।केही दिनयता निरन्तर छलफलमा रहेको कोइराला समूहको सोमबारको...
बीबीसी । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष दशैँको टीकाको ूशुभ साइतू असोज १९ गते बुधवार, ११ बजेर ५१ मिनेटलाई तय गरेको छ। उक्त समयमा पूर्व मोहडा गरेर टीका ग्रहण गर्नु उचित हुने समितिले जनाएको छ।तोकिएको समयलाई टीका र आशीर्वाद लिने सबैभन्दा उचित समयू मानिए पनि त्यस दिन वा रातिसम्म जुनसुकै बेला टीका लगाउन सकिने बताउँछन् समितिका अध्यक्ष प्राध्यापक...










