Sunday, September 27, 2026
Home राजनीति कोइराला समूहले कांग्रेस कार्यालयमा धर्ना दिन तयारी

कोइराला समूहले कांग्रेस कार्यालयमा धर्ना दिन तयारी

69

काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहले ४० प्रतिशत सिट माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने भएको छ । संस्थापनइतर शेखर कोइराला समूहको भेलाले आसन्न निर्वाचनमा आफ्नो समूहबाट ४० प्रतिशत उम्मेदवार बनाउनुपर्ने माग गरेको छ । यसका लागि आउँदो बुधबार पार्टी कार्यालयमा एक घण्टा धर्ना दिने कोइराला समूहले निर्णय गरेको छ ।

केही दिनयता निरन्तर छलफलमा रहेको कोइराला समूहको सोमबारको भेलाले आसन्न निर्वाचनमा आफ्नो समूहबाट ४० प्रतिशत उम्मेदवार बनाउनुपर्ने माग गर्दै दबाब स्वरुप बुधबार एक घण्टा पार्टी कार्यालयमा धर्ना दिने निर्णय गरेको हो ।साथै भेलाले निर्वाचन आयोगमा बुझाइएको समानुपातिक निर्वाचन प्रणालीका उम्मेदवारको बन्दसूचीमा आफूहरुलाई उपेक्षा गरिएको भन्दै सच्याउन पनि माग गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवासहित पदाधिकारीलाई खबरदारी सभासमेत गरेको कोइराला समूहले आफूहरुको माग बेवास्ता गरिएको आगामी ४ मंसिरमा हुने निर्वाचन बहिस्कार गर्नेसम्मको चेतावनी दिँदै आएको छ ।