Sunday, September 27, 2026
Home समाचार श्रीमती मारेर आफैं किरियामा बसेपछि…..

श्रीमती मारेर आफैं किरियामा बसेपछि…..

69

काठमाडौं । श्रीमतीको हत्या गरि किरिया गरेकै ठाउँबाट एक जना श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ। श्रीमतीको हत्या गरी किरिया बसेका विहारी नगरपालिका-५ ललियाका, ५० वर्षीय श्रीमान रामा मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रदिप क्षेत्रीले जानकारी दिए।

उनका अनुसार घरायसी विषयमा विवाद हुँदा रामाले कोदालोको बिँडले टाउकोमा प्रहार गरी ४५ वर्षीया श्रीमती जिवछी देवी मण्डलको हत्या गरेका हुन्। गत असोज ४ गते दिउँसो बाँसघारीमा जिवछीको शव फेला परेको थियो।

बिहानै करिब ७ बजे जिवछी खेतबारीमा मल छर्न गएकी थिइन्। उनका श्रीमान पनि कोदालो र हँसिया लिई भकारी बनाउन बाँसको टाटी काट्न खेत पुगेको डिएसपी क्षेत्रीले बताए। सोही क्रममा छिमेकीसँग लिएको ऋण कसरी चुक्ता गर्ने विषयमा झगडा सुरू भएको प्रहरीले जनाएको छ।