काठमाडौं । भोलि बुधबारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगको मंगलबार बसेको बैठकले भोलि १२ असोजदेखि निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने निर्णय गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।
निर्वाचन आचारसंहितामा संघीय सरकारका प्रधानमन्त्री, मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्री तथा स्थानीय तहका कार्यपालिका सदस्य चुनाव प्रचार प्रसारमा हिँड्न नपाउने व्यवस्था छ ।
दलहरुले भने आचारसंहिताको यो...
काठमाडौं । ऐतिहासिक चलचित्र ‘नालापानी’ को अस्ट्रेलियामा प्रिमियर गरिने भएको छ। तिहारको अवसर पारेर कात्तिक ४ गते रिलीज हुने यो चलचित्रलाई अस्ट्रेलियामा एम्सन इन्टरटेन्टमेन्ट, ग्रीन हिल्स इन्टरटेन्टमेन्ट, आरकेएस अस्ट्रेलिया र अर्बिट अस्ट्रेलिया ग्रुपले मिलेर प्रिमीयर गर्न लागेको हो। नेपालको इतिहासको बारेमा नयाँ पुस्ताल़ाई जानकारी दिनुपर्छ भन्ने उद्धेश्यले १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई चलचित्र निःशुल्क हेर्ने व्यवस्था मिलाइएको आयोजक मध्येका...
भक्तपुर । उज्यालो सहर बनाउने लक्ष्यअनुरुप नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको कोटेश्वरबाट भक्तपुरको सूर्वविनायकसम्मको सडक खण्डमा स्मार्ट सडक बत्ती ९स्मार्ट स्ट्रिट लाइट० जडान गरेको छ ।प्राधिकरणले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोटेश्वर–सूर्यविनायक सडकखण्ड अन्तर्गत सडकको बीचभागमा रहेको मेडिएन स्ट्रिप/आइल्याण्डमा बत्ती जडान गरी सञ्चालनमा ल्याएको छ ।आइल्याण्डमा राखिएका पोलमा प्राधिकरणले १२० वाट क्षमताका ऊर्जा दक्षतायुक्त स्मार्ट बत्ती जडान गरी सञ्चालनमा ल्याएपछि कोटेश्वर–सूर्यविनायक...
भक्तपुर । पर्यटन दिवसको अवसर पारी भक्तपुर प्रवेश गर्ने पहिलो पर्यटकलाई समेत भक्तपुरमा स्वागत गरिएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर भ्रमणमा आएका विदेशी पर्यटकको पहिलो समूहलाई स्वागत गरिएको हो । उनीहरुलाई खादा, भादगाउँले टोपी, परम्परागत थैली र पुष्पगुच्छा प्रदान गरिएको थियो ।
काठमाडौं । विदेशबाट आफूलाई आवश्यक र मन परेका सामग्री अथवा परिवारका लागि उपहार ल्याउँदा सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार यी कुरामा महसुल पूर्ण छुट हुने व्यवस्था गरेको छ।लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना सामान
औषधी, उपचार गराई फर्केका बिरामीले ल्याएका औषधी
शारीरिक रूपमा अशक्त यात्रुले सहाराको रूपमा प्रयोग गरेका सामान जस्तैः ह्विलचियर, बैशाखी
सुनको गहना ५० ग्रामसम्म, चाँदीको गहना...
काठमाडौं । विवेकशील साझा पार्टीको साधारण सदस्य परित्याग गरेका रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने भएका छन् । बुधबार काठमाडौंमा आयोजना हुने औपचारिक कार्यक्रममार्फत उनी राप्रपा प्रवेश गर्न लागेका हुन् ।लामो समयको छलफलपछि मिश्र राप्रपामा प्रवेश गर्न लागेका हुन् । साझा र विवेकशील साझाको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका मिश्र राप्रपाको भने वरिष्ठ उपाध्यक्ष हुने भएका छन् । मिश्रसहितको उनको टिम नै...
भक्तपुर । भक्तपुरमा ख्वप कलेज फुटसल टुर्नामेन्ट २०७९ हुने भएको छ । ख्वप कलेज देकोचा भक्तपुरको आयोजनामा बुधबारदेखि हुन लागेको टुर्नामेन्ट दुई दिन चल्नेछ ।प्रतियोगितामा उत्कृष्ट टिमलाई कलेजको वार्षिकोत्सवको अवसरमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्ने जनाइएको छ । प्रतियोगिता अन्तर्गत छात्र र छात्रा गरी दुई समूहमा हुनेछन् ।पहिलो दिन छात्रतर्फ आठवटा र छात्रातर्फ चारवटा खेल हुनेछन् । प्रतियोगितामा कजेको...
काठमाडौँ । दसैँ नजिकएसँगै सरकारले खसीबोकाको स्वास्थ्य परीक्षण आजबाट सुरु गर्ने भएको छ । पशु सेवा विभागले उपत्यकाका १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्न लागेको हो, यो क्रम दसैँको नवमीसम्म जारी रहनेछ । त्यसका लागि ५० जना पशु चिकित्सकको टोली खटिँदै छ ।पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा चन्द्र ढकालका अनुसार खसीबोकाको स्वास्थ्य परीक्षण गरेर स्वस्थकर खसीबोकाको...
तेह्रथुम । तेह्रथुमका किसानलाई अलैँची भित्र्याउन भ्याइनभ्याई छ । दसैं नजिकिएसँगै किसानलाई खर्चको जोहोका लागि अलैँची टिप्न चटारो बनेको छ ।
अलैँची बिक्री गरेर दसैंतिहार खर्च जुटाउन पर्ने किसानलाई यतिबेला बगानमा पर्म सघाउने र लगाउने होडमा छन् ।छथर गाउँपालिका ६ सुदापमा जगेन्द्र लिम्बु अलैँची भित्र्याउन व्यस्त छन् । दसैं खर्चका लागि भए पनि व्यापारीले तोकेको मूल्यमा बिक्री गर्न बाध्य रहेको...
काठमाडौं । आज कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज स्कूसको मूल्य सबैभन्दा सस्तो प्रतिकेजी १७ रुपैयाँ ५० पैसा रहेको छ भने कुरीलोको भाउ बढेर ९०० रुपैयाँ पुगेको छ । यो समितिले प्रकाशित गरेको मूल्यसूचीअनुसार सबैभन्दा महङ्गो तरकारी हो ।त्यस्तै आज अदुवाको औसत मूल्य प्रतिकेजी ६६ रुपैयाँ ६७ पैसा, अनार ३२५ रुपैयाँ, अमला ७६ रुपैयाँ ६७ पैसा,...










