Saturday, June 27, 2026
Home Blog Page 713
काठमाडौं । नेपालमा डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । गत साउन महिनामा पहिलोपटक डेंगु पुष्टि भएयता यो सात प्रदेशका ७६ जिल्लामा फैलिसकेको छ ।मन्त्रालयका अनुसार देशभर २५ हजार ५४३ जनामा सङ्क्रमण पुष्टि भएको छ । सबैभन्दा बढी बागमती प्रदेशमा १९ हजार ९१० जना सङ्क्रमित भएका छन् भने लुम्बिनी प्रदेशमा सङ्क्रमितको...
काठमाडौं । निर्वाचन आयोगले अस्थायी मतदाताको नामावली संकलन गरिरहेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीमा मतदान गनए पाउने गरी आयोगले अस्थायी मतदाताको नामावली संकलन गरेको हो ।को हुन पाउँछन् अस्थायी मतदाता ?अस्थायी मतदातामा नामावली हुनको लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने निर्वाचन आयोगले जनाएको छ ।अस्थायी मतदातामा को पर्छन्...
काठमाडौ । नेपालीहरुको महान चाड दशै आजबाट सुरु भएको छ । प्रत्येक वर्ष आश्‍विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडा दसैँ आजदेखि प्रारम्‍भ भएको हो।बडा दसैँको पहिलो दिन आज घरघरमा घटस्थापना गरी दियो, कलश र गणेश स्थापना गरेर वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गा देवीको आव्हान गरी पूजा आरम्भ गरिन्छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ...
काठमाडौं । अन्ततः लामो रस्साकस्सी र आरोप-प्रत्यारोपपछि ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालमा भोलि (सोमबार)देखि प्रदर्शन हुने भएको छ ।सञ्चार मन्त्रालयको निर्देशन र कर चुक्ता लगायतको प्रक्रिया फिल्मले पूरा गरेपछि चलचित्र विकास बोर्डले फिल्मलाई सेन्सर सिफारिस गरेको छ । निर्माताले सेन्सर सिफारिसको पत्र पनि बुझेका छन् ।निर्माता चक्रबहादुर चन्दका अनुसार फिल्मको सेन्सर आइतबार अपरान्ह हुने भएको छ । बोर्डले सेन्सर...
बनियानी । झापामा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ । जिल्लाका १५ पालिकामध्ये १२ पालिकाका हालसम्म ७९ जनामा डेङ्गु सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका डेङ्गु तथा महामारी ‘फोकल पर्सन’ वीरेन्द्र दासले जानकारी दिए। “यसअघि जिल्लाका केही पालिकामा मात्र डेङ्गु सङ्क्रमण देखिएको थियो”, उनले भने, “पछिल्लो समय डेङ्गु सङ्क्रमण बढ्दै गएको छ ।”सङ्क्रमितमध्ये पुरुष ४५ जना र महिला ३४ जना छन्...
काठमाडौं । सर्वोच्च अदालतले सभामुख र उपसभामुखको कार्यकालबार कारण देखाउ आदेश दिएको छ । आइतबार न्यायाधीश हरि फुयाँलको एकल इजलासले सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको कार्यकालका सम्बन्धमा कारण देखाउ आदेश जारी गरेको हो ।साथै, इजलासले रिटलाई अग्राधिकार दिएको अधिवक्ता जगन्नाथ दुलालले जानकारी दिए । दुलालसहितका चार अधिवक्ताले सभामुख र उपसभामुखको कार्यकाल समानुपातिकको बन्दसूची बुझाएसँगै सकिएको दाबी गर्दै...
काठमाडाैँ । नेपाल स्वरोजगार व्यापार श्रमिक संघले काठमाडौँ महानगरपालिकाले माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ। आइतबार काठमाडाैँमा पत्रकार सम्मेलनको आयोजना गरेर संघले एक महिनाभित्र पनि महानगरले माग पूरा नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो।संघले महानगरले वार्ता र सम्वादमार्फत् समस्या समाधान गर्नुपर्ने र चाडवाडलक्षित गरेर निश्चित् स्थान र समय निर्धारण गरी व्यवसाय गर्ने वातावरण तयार गर्नुपर्ने माग...
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिना (साउन र भदौ)मा नेपालको आयात र निर्यात दुवै घटेको छ । सो समयमा नेपालको वैदेशिक व्यापार घाटा २ खर्ब ४४ अर्ब ९१ करोड ९२ लाख १५ हजार रुपैयाँ पुगेको छ ।भन्सार विभागले आज जारी गरेको तथ्याङ्क अनुसार गत साउन र भदौ महिनामा नेपालको कुल वैदेशिक व्यापार ३ खर्ब २ अर्ब...
चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवकाश प्राप्त समायोजित सेनाको मागका पक्षमा आफू सकारात्मक रहेको बताएका छन् । अवकाश प्राप्त समायोजित सेनाको प्रथम राष्ट्रिय भेलालाई आज यहाँ सम्बोधन गरेपछि पत्रकारसँग कुराकानी गर्दै उनले अवकाश प्राप्त समायोजित सेनाको माग सम्बोधन गर्न आफू तयार रहेको बताए।उनले भने, “उहाँहरूको मुख्य माग सङ्गठनमा आबद्ध गर्ने र निर्वाचन...
काठमाडौँ । गैंडाको खागसहित काठमाडौँको गोंगबु बसपार्कबाट दुई जना पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले आज बिहान बसपार्कस्थित एक होटलबाट उनीहरुलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा एक महिला र एक पुरुष छन्। टोखा नगरपालिका–९ बसपार्कस्थित न्यू रुकुमेली गेष्टहाउसबाट उनीहरुलाई पक्राउ गरिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए। प्रहरीले भने पक्राउ परेकाहरुको विवरण सार्वजनिक गरेको छैन। उनीहरुमाथि थप अनुसन्धान भइरहेको...