काठमाडौं । काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर बिहानैदेखि खुला भएको छ।
दिदीबहिनी नहुनेका लागि भाइटीकाको दिन बिहान ५ बजेदेखि मन्दिर खुल्ने व्यवस्था मिलाइएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ने गर्दछ। दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन्। बालगोपालेश्वर मन्दिर दिनभर नै...
काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि...
काठमाडौँ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) का अनुसार नेपालमा एक सय ७८ हेक्टर जमिनमा व्यावसायिक फूलखेती हुने गरेको छ। हाल नेपालका ४४ जिल्लामा व्यावसायिक फूलखेती भइरहेको छ। यस वर्षको भाइटीकामा विभिन्नथरीका रु १४ करोड मूल्य बराबरको २४ लाख माला खपत हुने अनुमान छ। यस वर्षको भाइटीका कात्तिक १० गते परेको छ।यस वर्ष सरकारले तिहारमा फूल र माला आयातमा रोक...
नवलपरासी । नावालक शिशुलाई अपहरण गरी बन्धक बनाएकाे अभियाेगमा दुवईबाट एक नेपाली युवक पक्राउ परेका छन् ।नेपाल प्रहरीले ईन्टरपाेल माध्यमबाट झापा जिल्ला शिवसताक्षी ८ बैदारचाेकका २२ वर्षीय सन्दिप खड्कालाई पक्राउ गरी अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान भैरहेकाे जनाएकाे छ ।प्रहरीका अनुसार गत असार १५ गते पूर्वी नवलपरासी जिल्ला बिनयी त्रिबेणी ७ शिवपुरगढी स्थित आफ्नै घर अगाडिबाट हराएका २१...
रामपुर । तिहार नजिकिएसँगै सयपत्री फूलको माग बढ्न थालेको छ। व्यावसायिक उत्पादन अति न्यून र यसपटक स्थानीयस्तरमा फूल कम फुलेकाले सयपत्रीको माग धेरै बढेको व्यावसायी बताउँछन्।रामपुर नगरपालिका–४ देवीस्थानका युवा व्यवसायी दिलबहादुर थापालाई यतिबेला फूलमाला बिक्री गर्ने चटारो छ। तीन वर्षदेखि यस व्यवसाय थालनी गर्नुभएका थापाले अहिले तिहारलक्षित करिब साढे तीन रोपनी जग्गामा सयपत्री फूलखेती गरेका छन्।‘तिहारको चहलपहल सुरु हुन...
काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ। साताको पहिलो कारोबार दिन आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ।अघिल्लो साताको कारोबारको अन्तिम दिन शुक्रबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आइतबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार...
काठमाडौँ । प्रि ओपन सेसनमा नेप्से सूचक ०.३६ अंकले बढेको छ। यससँगै सूचक १८४४.५० विन्दुमा आएको छ।३ लाख ६० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ९ कम्पनीको १२ सय ७० कित्ता सेयर कारोबार भएको छ।यो सेसनमा कुल १९ वटा कारोबार भएको छ। ४ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ।
काठमाडौँ । संसदीय निर्वाचन नजिकिँदै जाँदा गृह मन्त्रालयले सुरक्षा व्यवस्था प्रभावकारी बनाउन कदम चालेको छ।४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको सुरक्षा व्यवस्थालाई चुस्त बनाउन गृहले सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा बैठकको आयोजना गर्ने भएको हो।गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार चुनावमा सातै प्रदेशको सुरक्षा अवस्था बुझ्न तथा त्यहाँको सुरक्षा अवस्था प्रभावकारी बनाउन प्रदेशस्तरीय सुरक्षा बैठकको आयोजना गरिएको हो। सोहीअनुसार आज...
काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीको कंग्रेस (सम्मेलन) को क्रममा पार्टीका पूर्व सर्वोच्च नेता तथा पूर्व राष्ट्रपतिसमेत रहेका हु जिन्ताओलाई मञ्चबाट हटाइएको भिडियो अहिले सामाजिक सञ्जालमा निकै साझा गरिएको छ।यसले पार्टीभित्र जिन्ताओको स्थान र आन्तरिक मतभेदलाई लिएर विभिन्न अड्कल तथा अनुमान भइरहेका छन्।राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुलको सम्मेलन हलमा चिनियाँ कम्युनिष्ट पार्टीको हरेक पाँच वर्षमा हुने महत्त्वपूर्ण कंग्रेसको समापन...
काठमाडौँ । सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।लामिछानेलाई म्याद थपका लागि आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो। नाबालिगलाई जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका उनीमाथि यो चौथो पटक म्याद थपिएको हो।पहिलोपटक असोज २४ गते उनलाई अदालतमा म्याद थपका लागि उपस्थित गराइएको थियो। पहिलोपटक ७ दिनको म्याद दिइएकाे...










