Saturday, October 3, 2026
Home राजनीति सभापतिमा लामिछानेसँग प्रतिस्पर्धा गर्न खोजेपछि प्रतिनिधिको नाम गायब

सभापतिमा लामिछानेसँग प्रतिस्पर्धा गर्न खोजेपछि प्रतिनिधिको नाम गायब

7

काठमाडौं । सभापति पदमा रवि लामिछानेसँग प्रतिस्पर्धा गर्न खोजेपछि एक जना प्रतिनिधिको नाम गायब भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सभापति पदमा रवि लामिछानेसँग प्रतिस्पर्धा गर्न खोजेका बारा–३ का भोलाकुमार साह कानुको नाम नै प्रतिनिधिबाट हटाइएको छ । मधेश प्रदेशको प्रतिनिधि सूचीमा उनको नाम २०२ नम्बरमा थियो । कानु यसअघि बर्खास्त गरिएका बाराका पूर्व सभापति चन्दन स्वर्णकारको सदस्यता जोगाउनुपर्ने पक्षमा खुलेर लागेका थिए ।

साहलवे आफ्नो नाम प्रतिनिधिको अन्तिम सूचीबाट एकाएक गायब पारिएको बताएका हुन् । उनले फेसबुकमा आफूले उम्मेदवारी घोषणा गरेको त्यसपछि फिर्ता नगरेको तर, पछिल्लो समयमा आउँदा उनको नाममा नै हटाइएको उनले बताए । ‘मेरो उम्मेदवारी फिर्ता थिएन, फेसबुकमा मैले आफ्नो उम्मेदवारी घोषणा गरेको थिएँ रवि लामिछानेको विपक्षमा, आज चौथो दिन हो मेरो उम्मेदवारी घोषणा गरेको’, उनले भने, ‘अस्तिको नामावली प्रकाशनमा मेरो नाम आयो, अनि अन्तिम नामावली प्रकाशनमा मेरो नाम हटाइयो ।’ उनले आफूले सभापतिमा दाबेदारको रूपमा रहेको कारणले हटाइएको बताए ।