Saturday, September 26, 2026
Home समाचार दिदिबहिनी, दाजुभाई छैनन् रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर जानुहोस्

दिदिबहिनी, दाजुभाई छैनन् रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर जानुहोस्

152

काठमाडौं । काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर बिहानैदेखि खुला भएको छ।
दिदीबहिनी नहुनेका लागि भाइटीकाको दिन बिहान ५ बजेदेखि मन्दिर खुल्ने व्यवस्था मिलाइएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ने गर्दछ। दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन्। बालगोपालेश्वर मन्दिर दिनभर नै खुला हुनेछ। सर्वसाधरणले बिहानदेखि नै मन्दिरको दर्शन गर्न सक्नेछन्।