काठमाडौँ । सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।लामिछानेलाई म्याद थपका लागि आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो। नाबालिगलाई जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका उनीमाथि यो चौथो पटक म्याद थपिएको हो।पहिलोपटक असोज २४ गते उनलाई अदालतमा म्याद थपका लागि उपस्थित गराइएको थियो। पहिलोपटक ७ दिनको म्याद दिइएकाे...
काठमाडौँ । नेपाल टेलिकमले तिहार, छठ तथा म्हपुजाका अवसरमा आजदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको चाडपर्व अफर उपलब्ध गराएको छ।टेलिकमले कात्तिक ६ गतेदेखि कात्तिक १५ गतेसम्म उपलब्ध हुने गरी सो अफर सार्वजनिक गरेको हो। डाटा प्याक अन्तर्गत २९४ रुपैयाँमा २० जीबी डाटा १० दिनभित्र र ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने...
काठमाडौँ । मंसिर ४ गतेको निर्वाचनलाई केन्द्रित गरेर सत्ता गठबन्धनले देशका सातै प्रदेशमा चुनावी सभा गरिरहेको छ ।ललितपुर, पोखरा, बुटवल र जनकपुरमा भेला आयोजना गरिसकेको पाँच दलीय गठबन्धनले आज कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा भेला आयोजना गर्दैछ ।धनगढीमा बिहान ११ बजे हुने कार्यक्रमको माओवादी केन्द्रले तथा सुर्खेतमा हुने भेलाको समन्वय कांग्रेसले गर्नेछन् ।दुबै क्षेत्रको भेलालाई कांग्रेस सभापति एवं प्रधानमन्त्री...
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज अदुवा, डल्लो हरियो फर्सी, हाइब्रीड सेतो मूला, रातो मूला र लोकल बन्दाको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ रहेको छ ।अनार ३७५ रुपैयाँ, अमला ६५ रुपैयाँ, अम्बा ११० रुपैयाँ, आभोकाडो २२५ रुपैयाँ, रातो आलु ९३ रुपैयाँ ३३ पैसा, भारतीय रातो आलु ४३ रुपैयाँ ३३ पैसा, मुडेको रातो आलु ७७ रुपैयाँ...
कावासाेती । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका-११ मा गए राति बस दुर्घटना हुदाँ २३ जना घाइते भएका छन्।पूर्व-पश्चिम राजमार्गमा काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना ७ ख ४१५ नम्बरको बस ‘ब्रेकफेल’ भई सडकको दाहिनेतर्फ पल्टिँदा बसमा सवार ५० मध्ये २३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी उपरीक्षक सन्तोष पाठकले बताए।घाइतेलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएका...
काठमाडौं । नेकपा माआवादी केन्द्रकी नेत्री अन्सरी घर्ति मगरलाई श्री लालीगुराँस बहुउद्दश्यीय सहकारी संस्था लिमिटेडले कर्जा चुक्ता गर्न २१ दिने सुचना जारी गरेको छ । रुकुम सिस्ने घर भई हाल काठमाडौं नयाँबानेश्वरमा बस्दै आएको केशव रावलले उक्त सहकारीबाट रकम कर्जा लिएको थिए । व्यतिगत जमानी कर्जाको रुपमा नेत्री घर्ति बसेकी थिइन् ।उक्त सहकारीले आइतबार सुचना प्रकाशित भएको मितिले २१...
काठमाडौं । आज कार्तिकृष्णपक्ष त्रयोदशी तिथि अर्थात् आजबाट सनातनीको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ । आज कागतिहार हो । सूचनाको संवाहक कागलाई पूजा गरेर दिन हो । आजको दिन बिहान हरेक घरमा कागलाई खान दिने चलन रहेको छ ।यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ । कागले यमराज समक्ष...
भक्तपुर । हिन्दु नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारको छुट्टै रौनक छ । दीपावली समेत भनिने यस पर्वको मुख्य आकर्षण भनेकै देउसी र भैलो खेल्ने परम्परा हो । भक्तपुर नगरपालिका वडा नम्बर १० मुलकोढोका स्थित इष्ट पोइण्ट एकेडेमीले जिल्लास्तरिय देउसी भैलो प्रतियोगिता गर्दै आइरहेको छ । उक्त प्रतियोगितामा महेन्द्र विद्याश्रम प्रथम, सनसाइन नेशनल स्कूल दोस्रो र विनायक शिक्षा निकेतन तृतियस्थान...
भैरहवा । राष्ट्र बैंकको गलत नीतिले ब्याजदर बढेपछि आन्दोलित बनेका रूपन्देहीका उद्योगी व्यवसायी । रूपन्देहीका ५० बढी क्रियाशील व्यावसायिक संघसंस्था शुक्रबार नेपाल राष्ट्र बैंकविरुद्ध सडकमा आएका हुन् ।
गण्डकी । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् । पाँच दलीय गठबन्धन गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलाको आज पोखरामा उद्घाटन गर्दै उनले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन भएको स्पष्ट पारे ।यो चुनावले संविधानको रक्षा, स्थिरतासँगै समावेशीतालाई अघि बढाउँदै राष्ट्रिय एकता स्थापित गर्ने बताउँदै उनले भने, ‘सबैको समावेशीता नै राष्ट्रिय एकता हुन्छ,...










