काठमाडौं । राजीव गान्धी हत्याकाण्डका ६ जना दोषीलाई ३१ वर्षको जेल सजायपछि सर्वोच्च अदालतले रिहा गरेको एक दिनपछि, तीन अभियुक्तहरू – नलिनी श्रीहरन, उनका पति मुरुगन र सन्थान रिहा भएका छन् । अदालतको आदेशपछि उनीहरू शनिबार साँझ रिहा भएका हुन् ।रिहा हुनुअघि नलिनी शनिबार बिहान एक स्थानीय प्रहरी चौकीमा उपस्थिति भएकी थिइन् । मे महिनामा सर्वोच्च अदालतले आफ्नो असाधारण...
काठमाडाैं । हाल सञ्चालनमा रहेको नेप्सेको पुरानो वेबसाइट अब बन्द हुने भएको छ ।नेप्सेले सूचना जारी गर्दै हालसम्म परिक्षणका रुपमा सञ्चालन गरिदैं आएको नयाँ वेबसाइट आइतबार ९कात्तिक २७ गते देखि पूर्ण रुपमा सञ्चानमा ल्याउने जानकारी गराएको छ ।तसर्थ, नेप्सेले पुरानो साइटमा अब कुनै पनि तथ्यांकहरु अद्धावधिक नहुने सूचनामा उल्लेख गरेको छ ।
काठमाडाैँ । धादिङमा जीप दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने पाँचजना घाइते भएका छन्। ज्वालामुखी गाउँपालिका-४ खरीमा शनिबार राति ग १ ज ५५८० नम्बरको बाेलेराे जीप दुर्घटना भएकाे हाे।जीप टारीबाट अर्यालगाउँतर्फ जाँदै गरेको थियाे। साेही क्रममा जीप खसेर दुर्घटना भएकाे हाे। दुर्घटनामा परी ज्वालामुखी-४ का ३५ वर्षीय उत्तम अर्यालको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएकाे छ। चालकसहित...
काठमाडौँ । काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले बालबालिकाको चौतर्फी एवं सर्वाङ्गीण विकासबाट सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने बताएका छन् । कामपा –१२ ओन्देमा रहेको सरस्वती निकेतन माध्यमिक विद्यालयको शुक्रबार अवलोकन निरीक्षणका क्रममा भौतिक, प्रशासनिक अवस्था, शैक्षिक तथा अतिरिक्त क्रियाकलापका विषयमा जानकारी लिँदै उनले यस्तो बताएका हुन् ।नमुना विद्यालयहरूले आफ्ना शैक्षिक, प्रशासनिक र अतिरिक्त क्रियाकलाप तथा बाल विकासका लागि...
रसुवा । प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचन सम्पन्न गर्न जिल्लामा आवश्यक तयारी पूरा भएको छ । निर्वाचन आयोगबाट प्राप्त मतपत्र रूजु गर्ने कार्य पूरा भइसकेको, मतपेटिका, स्वस्तिक छाप, स्टाम फाइललगायत सामग्री भाग लगाई तयारी हालतमा राखी सबै प्रकारका व्यवस्थापकीय कार्य सम्पन्न भएको हो ।सहायक निर्वाचन अधिकृत (उपसचिव) मुना अधिकारी ढकालका अनुसार निर्वाचनका लागि मतदान अधिकृत तथा सहायक मतदान अधिकृत एवं अन्य सहायक कर्मचारीको नियुक्ति तथा केन्द्र...
नेपालगञ्ज । पैसाका लागि जे पनि गर्न थालिएको छ। नेपालगञ्जमा भएको घटनाले पैसाका लागि मान्छे जुनसुकै हदसम्म गिर्न सक्छ भन्ने देखाएको छ।नेपालगञ्जको एक होटलमा दुई युवती श्रीमान्–श्रीमती भएर बस्छन्। श्रीमान् भनिएकी युवतीले बाहिरबाट केटा बोलाएर श्रीमतीसँग यौन सम्पर्क गराउँछन्। कोठाको ढोकामा बसेर उनले श्रीमतीसँग यौन सम्पर्क गराएर रकम लिन्छन्।
केही दिनसम्म चलेको यो घटना प्रहरीकहाँ आइपुग्छ। प्रहरीले दुवैलाई समातेर अनुसन्धान...
काठमाडाैँ । अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटको फाइनल वर्षाले प्रभावित हुने खतरा बढेको छ। आइतवारका लागि तय भएको फाइनलमा पाकिस्तान र इङ्ग्ल्यान्ड उपाधिका लागि भिड्दै छन्।मेलबर्नमा हुने तय भएको फाइनल वर्षाका कारण ुवास आउटु हुने खतरा बढेको हो। मेलबर्नमा आइतवार खराब मौसमको पूर्वानुमान गरिएको छ। यदि आईतबार वर्षाले खेल प्रभावित भए सोमबार सार्न सकिने छ। तर सोमबारको पनि मौसम...
खोटाङ । खोटाङमा डेंगु संक्रमितको संख्या २४४ नाघेको छ । गत १४ भदौदेखि १२ कात्तिकसम्ममा १३९ पुरुष र १०५ महिलालाई डेंगु संक्रमण पुष्टि भएको हो ।जिल्ला अस्पतालका अनुसार गत भदौमा सात महिला र १४ पुरुष, असोजमा ८१ महिला र १०९ पुरुष, कात्तिकमा १७ महिला र १६ पुरुषलाई डेंगु संक्रमण भएको हो । १२ कात्तिकयताको संक्रमितको तथ्यांक भने आउन बाँकी छ । तथ्यांकीय हिसाबले असोजको तुलनामा कात्तिकमा संक्रमितको संख्या...
काठमाडौँ । राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज गर्नुपर्ने बताएका छन् । काठमाडौंको वसन्तपुरमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशका लागि संघीयता घाँडो भएकाले चाँडै खारेज गर्नुपर्ने बताएका हुन् ।‘संघीयताका बारेमा त मैले भन्ने गरेकै छु, संघीय देशमा आर्थिक रुपमा, सामाजिक रुपमा भूराजनीतिक रुपमा देशको अखण्डताको लागि घाँडो हो, सकभर छिटो खारेज गर्नुपर्छ,’ सभामा उनले भने ।देश...
हेटौंडा । पूर्वी मकवानपुरको वागमती गाउँपालिका वडा नम्बर–४, झुरझुरेस्थित वागमती नदीमा १ लाख माछाका भुरा छाडिएको छ । प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवम् संरक्षण केन्द्र हेटौंडाले वागमती नदीमा रहु र नैनी जातका १ लाख माछाका भुरा नदीमा छाडेको हो ।वागमती गाउँपालिका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यता र प्रकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवम् संरक्षण केन्द्र हेटौंडा प्रमुख सरोजकुमार यादवको सभाध्यक्षता...










