धादिङमा जीप दुर्घटना: १ जनाकाे मृत्यु, ५ जना घाइते

58

काठमाडाैँ । धादिङमा जीप दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने पाँचजना घाइते भएका छन्। ज्वालामुखी गाउँपालिका-४ खरीमा शनिबार राति ग १ ज ५५८० नम्बरको बाेलेराे जीप दुर्घटना भएकाे हाे।

जीप टारीबाट अर्यालगाउँतर्फ जाँदै गरेको थियाे। साेही क्रममा जीप खसेर दुर्घटना भएकाे हाे। दुर्घटनामा परी ज्वालामुखी-४ का ३५ वर्षीय उत्तम अर्यालको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएकाे छ। चालकसहित पाँचजना घाइतेहरूकाे धादिङ अस्पतालमा उपचार भइरहेको छ।