बुटवल । रुपन्देही–२ को प्रतिनिधिसभा सदस्य पदमा लौरो अभियानका कमल भुसाल निकोलसले स्वतन्त्र उम्मेदवार रुपसिंह थापालाई समर्थन गर्ने भएको छ । रुपसिंह थापाले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा हाम्रो नेपाली पार्टीकी लुम्बिनी प्रदेश संयोजक इशा खड्काले स्वतन्त्र उम्मेदवार थापालाई सहयोग गर्ने सहमति भएको खुलासा गरे ।रुपन्देही २ मा आफ्नो पार्टीको लौरो चिन्ह लिएका उम्मेदवार कमल भुसाल (निकोलस) को...
काठमाडौँ । हिउँद लागेको छ । यस यामलाई विकास निर्माणका समयका रुपमा पनि लिइन्छ । विकास निर्माणको समय सुरु भए पनि सिमेन्ट तथा छडको माग भने न्यून भएको पाइएको छ । पछिल्लो केही समययता सिमेन्ट तथा रडको खपत न्यून रहेको व्यवसायीहरूले बताएका छन् । नेपाल राष्ट्र बैंकले गरेको कडाइ तथा देशमा तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले घर तथा...
काठमाडौँ । खल्तीले आफ्ना प्रयोगकर्तालाई एक सय रुपैयाँको टपअप गरी ‘आइमा इ-स्कुटर’ जित्ने अफर ल्याएको छ।अफरमा सहभागी हुनका लागि खल्ती एपको ‘फिचर सेक्सन्’ मा गएर ‘खल्तीमा आइमा इ-स्कुटर’ आइकनबाट एक सय रुपैयाँको रिचार्ज/टपअप गर्नुपर्ने छ।आफ्नो जित्ने सम्भावना बढाउन प्रयोगकर्ताले कुनै पनि मोबाइल नम्बरमा जति पटक पनि रिचार्ज गर्न सक्ने खल्ती जनाएको छ।सहभागीमध्ये अफरको अन्त्यमा एक जना विजेताले ‘आइमा इ-स्कुटर’...
काठमाडौँ । सानिमा बैंकले काठमाडौँको सितापाइलामा शाखा स्थापना गरेको छ। बैंकले कात्तिक २५ गतेदेखि सितापाइलाबाट सेवा सुरु गरेको हो।उक्त शाखा कार्यालयको उद्घाटन संयुक्त रुपमासानिमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले गरेका छन्।उद्घाटन समारोहमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेलले शाखाबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गरिनुका साथै अन्य स्थानहरुमा पनि शाखा विस्तार गर्दै ग्राहकहरुले पाउने...
गोदावरी । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिममा १७ हजार आठ सय ५९ सुरक्षाकर्मी परिचालन भएका छन् ।निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न ११ हजार पाँच सय ५९ म्यादी प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरेर छ हजार तीन सय सुरक्षाकर्मी परिचालन भएका हुन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक भोलाबहादुर...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिध्याउन खोज्नेहरू अब आफैँ सकिने बताएका छन् ।शुक्रबार धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमालेलाई सिद्धयाउने षड्यन्त्र लामो समयदेखि नै भएको भन्दै एमालेलाई सिध्याउन खोज्नेहरू अब आफैँ सकिने बताएका हुन् । उनले देश विकासका सन्दर्भमा गठबन्धनलाई बोकेको कांग्रेसलाई एक्लै चुनाव लड्न आउन चुनौति दिए ।ओलीले एक्लै चुनाव लडे एमालेले सिध्याउँछ भन्ने कांग्रेसलाई राम्ररी थाहा भएको तर्क गरे...
काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्किँदै छिन्।महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ (डब्लुपिएल) कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी यही कात्तिक २१ गते आइसल्याण्ड गएकी थिइन्।गणतन्त्र आइसल्याण्डको राजधानी रेक्याभिकमा आयोजना भएको ‘रेक्याभिक ग्लोबल फोरम’ (वुमन लिडर्स) मा उहाँले विशेष सम्बोधनसमेत गरेकी थिइन्। साथै उनले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गरेकी...
चितवन । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बहुदलीय व्यवस्थामा दलको घोषणापत्र, सिद्धान्त, निष्ठा र कार्यक्रमका आधारमा उम्मेदवारले मत माग्नुपर्ने बताएका छन्।गोरखापत्र संस्थानले आज यहाँ आयोजना गरेको ‘निर्वाचन समाचार लेखन अनुशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै उहाँले सांसदको भूमिका नबुझी स्थानीय तहले गर्ने काम गर्छु भन्ने खालका आश्वासनका आधारमा मतदान गर्न नहुने बताएका हुन्।निर्वाचन प्रक्रियामा अझै रूपान्तरण हुन बाँकी रहेको उल्लेख गदै...
काठमाडाैँ । लोकतान्त्रिक–वाम गठबन्धनले शनिबार आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्षनेताहरू जाने भएका छन् ।कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, डा बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोखरेलले जानकारी दिए ।यस्तै नेकपा (एमाले)ले चितवनमा चुनावी सभा गर्दै छ । कात्तिक २८...
वालिङ । चितुवाको आक्रमणबाट स्याङ्जामा तीन जना घाइते भएका छन् । वालिङ नगरपालिका-१४ कफ्लेटीमा चितुवाको आक्रमणबाट आज बिहान ९ः१५ बजेको समयमा दुई महिला र एक पुरुष घाइते भएका हुन् । वालिङ- १४ का वडाध्यक्ष बोधराज कुँवरका अनुसार वालिङ-१२ का किसान न्यौपाने, वालिङ-१४ की तुलसा पराजुली र लक्ष्मी पराजुली घाइते भएका हुन् ।कफ्लेटीस्थित खेतमा काम गरिरहेको अवस्थामा न्यौपानेलाई घाइते बनाएर भागेको चितुवा स्थानीय चण्डीप्रसाद पराजुलीको घरमा पसेको र भित्र जाँदा तुलसा...










