Sunday, June 21, 2026
Home Blog Page 637
काठमाडौँ । आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन मोरङ जिल्लामा शान्तिपूर्ण, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न सम्पूर्ण तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालले जनाएको छ ।प्रमुख निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलले मतदान अधिकृतलगायतका कर्मचारीले निर्वाचनको मतपत्रसहितका सामग्री बुझी आफ्नो मतदान केन्द्रतर्फ बिहीबार साँझ पुगिसकेको जानकारी दिएका छन् ।उनले मतदान अधिकृतले आफ्नो मतदान केन्द्रमा पुगेर निर्वाचनसम्बन्धी सूचना टाँस, सर्वदलीय बैठक आह्वानलगायतका कार्य...
काठमाडाैँ । युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले सुरुआतमा बलिङ गर्ने निर्णय गरेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । नेपालको यस निर्णयसँगै युएईले सुरुआतमा ब्याटिङ गर्नेछ ।नेपाल र युएईबीचको यस खेल निर्णायक खेलको रूपमा रहेको छ । तीन खेलको सिरिजअन्तर्गत नेपाल र युएईबीच १-१ को बराबरीमा...
काठमाडौं । ललितपुरको जावलाखेलमा शंकास्पद वस्तु फेला परेको छ । केही समयअघिमात्र निर्वाचन कार्यालय नजिकै शंकास्पद वस्तु (कुकर) फेला परेको हो ।शंकास्पद वस्तु फेला परेको स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली बोलाइएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । निर्वाचनको मिति नजिकिएसँगै सुरक्षा सतर्कता बढाइएको बेला संकास्पद वस्तु फेला परेको हो ।नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेकपासहित केही...
कास्की । यतिबेला कास्कीमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा लागि नेपाली कांग्रेस र नेकपा (एमाले)कोभन्दा पनि कांग्रेसभित्रको चर्चा बढी चलेको छ ।प्रदेशसभा सदस्य कास्की निर्वाचन क्षेत्र नम्बर–२ (ख)मा प्रत्येक्षतर्फ कांग्रेसका विन्दुकुमार थापाको उम्मेदवारी रहेको छ । कास्कीमा निर्वाचनका लागि टिकट पाउनुभन्दा अघिबाटै चर्चामा थियो । एकै निर्वाचन क्षेत्रका दुई जनामध्ये कुमार खड्का भौतिक पूर्वाधार शहरी विकास तथा यातायात मन्त्री र...
सर्लाही । सर्लाही जिल्लाको मलंगवा नगरपालिका ११ गमरिया स्थित मलंगवा नवलपुर सडकखण्डबाट कार्तिक ३० गते सशस्त्र प्रहरीले करीव २ सय १० के।जी। गाँजा बोकेको ट्रक नियन्त्रणमा लिएको छ ।विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बिओपी मलंगवाले प्रदेश ३–०१–००६ ख १७०४ नम्बरको ट्रकमा मिनरल वाटरको कार्टुनले छोपी राखेको १४ पोका गाँजा फेला पारेको हो ।बरामद गाँजा तथा ट्रक आवश्यक...
काठमाडौं । सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ ।  बिहीबार नेप्से परिसूचकमा १.३४ प्रतिशतले वृद्धि भएको हो ।सेयर बजारमा हरियाली छाएसँगै २५.५७ अंकले वृद्धि हुँदै १९३६.८३ विन्दुमा आएर नेप्से रोकिएको छ । साथै (क) वर्गको सेन्सिटिभ इन्डेक्समा पनि १.१९ प्रतिशतले वृद्धि भएको छ । बुधबार पनि सेयरबजारमा दोहोरो ९१३.४०० अंकले वृद्धि भएको थियो । ४३ लाख ८४ हजार बराबर कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७१ करोड ५४ लाख १९ हजार बढीको कारोबार भएको  छ । ८७ कम्पनीको...
सुदूरपश्चिम । मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट ४८ प्रतिनिधि छनोट हुँदै छन्।प्रतिनिधिसभा सदस्यका लागि १६ र प्रदेशसभा सदस्यका लागि ३२ प्रतिनिधि छनोट हुन लागेका हुन्। नौ जिल्ला रहेको प्रदेशको तराईको जिल्ला कैलालीबाट सबैभन्दा बढी प्रतिनिधिसभाका लागि पाँच सदस्य चुनिन लागेका छन्।अर्को तराईकै जिल्ला कञ्चनपुरबाट प्रतिनिधिसभाका तीन, पहाडको अछामबाट दुई र अन्य पहाडी...
काठमाडौं । आगामी मंसिर ४ मा देशैभर एकै चरणमा हुने निर्वाचनमा सत्ता गठबन्धनसँग प्रतिस्पर्धाका लागि अर्को गठबन्धन गरेका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नपालबीच अधिकांश क्षेत्रमा असमझदारी देखिएको छ । केन्द्रको सम्झौताअनुसार भागबण्डा गरेर सिट बाँडफाँट गरेका एमाले–जसपाका कार्यकर्ताबीच कुरा नमिल्दा गठबन्धका नेताबीच नै प्रतिस्पर्धा भइरहेको हो ।जसपाको प्रभाव भएको क्षेत्रमा एमालेका स्थानीय नेताहरूले...
काठमाडाैँ । नेकपा एमालेबाट काठमाडाैँ‍- १ का प्रतिनिधिसभा सदस्य उमेदवार किरण पौडेलले अन्तिम समयमा आएर एमालेले रवीन्द्र मिश्रलाई समर्थन गर्छ भन्ने हल्लामा कुनै सत्यता नभएकाे बताएका छन्। बिहीबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसले यस्ताे खालकाे भ्रम फैलाएकाे र यसमा कुनैपनि सत्यता नभएकाे बताएका हुन्।‘किरण पौडेलले अन्तिम समयमा आएर रवीन्द्र मिश्रलाई समर्थन गर्छ भन्ने भ्रम...
दिपायल । कांग्रेसले विशेष जिम्मेवारीसहित डोटी खटाइएका पूर्वकेन्द्रीय सदस्य आनन्द विष्टले डोटीमा सत्ता गठबन्धनका उम्मेदवारको जित्ने विश्वास रहेको बताएका छन् । बिहीबार डोटीको जोरायलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता विष्टले लोकतन्त्रको रक्षाका लागि सत्ता गठबन्धनको जित आवश्यक भएकाले डोटीमा गठबन्धनका उम्मेदवारले जित्ने विश्वास व्यक्त गरे । ‘विशेष परिस्थितिमा गठबन्धन बनेको हो। मुलुक अप्ठ्यारोमा गएको समयमा कांग्रेसलाई सत्तामा पुगाएर स्थिरता ल्याउन गठबन्धनका साझा उम्मेदवार...