जावलाखेलमा शंकास्पद वस्तु फेला

55

काठमाडौं । ललितपुरको जावलाखेलमा शंकास्पद वस्तु फेला परेको छ । केही समयअघिमात्र निर्वाचन कार्यालय नजिकै शंकास्पद वस्तु (कुकर) फेला परेको हो ।

शंकास्पद वस्तु फेला परेको स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली बोलाइएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । निर्वाचनको मिति नजिकिएसँगै सुरक्षा सतर्कता बढाइएको बेला संकास्पद वस्तु फेला परेको हो ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेकपासहित केही दलहरूले निर्वाचन बिथोल्ने चेतावनी दिएका छन् । बुधबारमात्र बाँकेको नेपालगन्जमा बम बनाइरहेका बेला विस्फोट हुँदा दुई विप्लव कार्यकर्ता घाइते भएका थिए ।