Saturday, June 20, 2026
Home Blog Page 632
दाङ । दाङकाे निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ।  जिल्ला भू-संरक्षण कार्यालय तुलसीपुरमा मतगणना सुरु भएको हाे।यहाँ नेपाली कांग्रेसका दिपक गिरी, नेकपा एमालेकी काेमल वली, राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी प्रतिस्पर्धी छन्।क्षेत्र नम्बर ३ मा ९० हजार एक सय ५० मत खसेकाे छ।
काठमाडाैँ । काठमाडाैँ- ८ काे जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएकाे छ।जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले ६११ मत ल्याएका छन्। उनलाई हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले ६०३ मत ल्याइ पच्छाइरहेका छन्।यस्तै, नेकपा एमालेका शिवसुन्दर राजवैद्यले ३०७ र गठबन्धनका जीवनराम श्रेष्ठले २२१ मत प्राप्त गरेका छन्।
काठमाडाैँ । भक्तपुर- २ मा सत्ता गठबन्धनकाे साथ पाएकाे नेपाली कांग्रेसकाे अग्रता कायमै छ।मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा भइरहेकाे मतगणना अनुसार कांग्रेसले अग्रता कायम गरेकाे हाे ।मतगणनामा कांग्रेसका दुर्लभ थापाले ४ हजार ११३ मत प्राप्त गरेका छन्। उनलाई नेकपा एमालेका महेश बस्नेतले ३ हजार ६८१ मत ल्याइ पच्छाइरहेका छन्।उम्मेदवार थापाभन्दा बस्नेत ४ सय ३२ मतले पछाडि...
काठमाडौं । काठमाडौं १० मा मतगणना सुरू भएको छ । कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना सुरु भएको हो ।यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी, नेकपा एमालेका हिमेश केसी, नेकपा माओवादी केन्द्रकी अञ्जना विशंखे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्ट लगायतका उम्मेदवारहरु प्रतिष्पर्धामा छन् ।
मोरङ । मोरङका ६ वटै निर्वाचन क्षेत्रको मतगणना दिउँसो १ बजेदेखि सुरु हुने भएको छ । विराटनगरस्थित प्रदेश १ निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले सबै क्षेत्रको मतगणना सुरु हुने जानकारी दिए ।सोमबार बिहान बसेको सर्वदलीय बैठकले मोरङ क्षेत्र नम्बर ४, ५, र ६ को गणना दिउँसो १ बजेदेखि सुरु गर्ने गरि सहमति गरेको हो । यसैगरि, निर्वाचन क्षेत्र...
काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ र तेजाबी ९७ हजार रुपैयाँमा कारोबार भएको छ।शुक्रबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको थियो। सोही दिन छापावाला सुन प्रतितोला ९८ हजार एक सय रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ६ सय...
चितवन । चितवन क्षेत्र नम्बर ३ को मतगणना सोमबार दिउँसो  सवा  दुई बजेदेखि सुरु हुने भएको छ । रामपुरस्थित एएफयू सभाहलमा मतगणना सुरु हुने भएको हो ।यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका बिक्रम पाण्डे, नेपाली कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवार दिएका दिनेश कोइराला लगायत प्रतिस्पर्धामा छन् ।
तेह्रथुम । तेह्रथुमको एउटा मतदान केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको मतपत्र साटिएपछि पुनः मतदान हुने भएको छ । छथर गाउँपालिका–१, आङ्दिम वडा कार्यालय (ख) मतदान केन्द्रमा प्रत्यक्षतर्फको मतदान रद्द गरी मंगलबार पुनः मतदान गर्ने निर्णय भएको हो ।मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि र सरोकारवालासँगको छलफलपछि पुनः मतदान गराउने निर्णय भएको पत्र निर्वाचन आयोगमा पठाएको...
पोखरा । दुई हेभिवेट नेताबीच भिडन्त भएको लमजुङमा १ बजेपछि मतगणना सुरु हुने भएको छ । जिल्ला समन्वय समितिकाे कार्यालयमा मतगणना गर्ने तयारी छ ।एक मात्र प्रतिनिधि सभा रहेको लमजुङमा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ र नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ मैदानमा छन् । देव सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।१ लाख ३३ हजार ५५९ जना मतदाता रहेकोमा...
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा मतगणना सुरु भएको छ । २०० मत गनिसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले ८० मतले अग्रता लिएका छन् ।उनलाई पछ्याइरहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ५१ मत प्राप्त गर्दा नेपाली कांग्रेसका भीमसेनदास प्रधान ३८ मतका साथ तेस्रो स्थानमा छन् ।राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद आचार्यले १४ मत पाएका छन् ।