लमजुङमा १ बजेपछि मतगणना गर्ने

132

पोखरा । दुई हेभिवेट नेताबीच भिडन्त भएको लमजुङमा १ बजेपछि मतगणना सुरु हुने भएको छ । जिल्ला समन्वय समितिकाे कार्यालयमा मतगणना गर्ने तयारी छ ।

एक मात्र प्रतिनिधि सभा रहेको लमजुङमा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ र नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ मैदानमा छन् । देव सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

१ लाख ३३ हजार ५५९ जना मतदाता रहेकोमा ८० हजार ९१७ मत खसेको छ ।

प्रदेस सभातर्फ लमजुङ ‘क’ मा एमालेका जमिन्द्रमान घले र नेपाली काङ्रेसका टकराज गुरुङ प्रतिस्पर्धामा छन् ।

लमजुङ ‘ख’ मा एमालेका कृष्णप्रसाद अधिकारी र कांग्रेस भेषबहादुर पौडेल चुनावी मैदानमा छन् ।