Saturday, June 20, 2026
Home Blog Page 633
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा सर्वदलीय बैठक सुरु भएको छ । सर्वदलीय बैठकपछि मतगणना सुरु हुने जनाइएको छ ।काठमाडौं-२ मा नेकपा एमालेबाट मणिराम फुयाल, सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी ओनसरी घर्ती र राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम मुख्य प्रतिस्पर्धामा छन् ।
काठमाडौं । भक्तपुर क्षेत्र नं. २ मा सदर र बदर मतको विषयमा विवाद हुँदा मतगणना रोकिएको छ । आज बिहान साढे २ बजेदेखि मतगणना सुरु भएकोमा निर्वाचन अधिकृत लोकनाथ पराजुलीले जानकारी दिए ।४ मंसिरमा भक्तपुर–२ मा ९१ हजार ९११ मतदातामध्ये ६५ हजार ७७५ मत खसेको थियो । हिजो मतदान सकिएपछि गएराति १० बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने...
ललितपुर । ललितपुर-३ मा नेकपा एमालेको अग्रता कायमै छ । एमालेका अमृत खड्काले ७८४ मत सहित अग्रता लिइरहेका छन् ।खड्काको प्रतिस्पर्धामा सत्तारुढ गठबन्धनकी उम्मेदवार पम्फा भुसाल  आएकी छन् । उनले ६९४ मत पाएकी छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की तेस्रो स्थानमा झरेकी छन् । तोसिमाले ६७३ मत पाएकी छन् ।यसअघिको नतिजामा भुसाल निकै पछाडि परेकी थिइन् ।
काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ । बुढानीलकण्ठ नगरपालिका-२ चपलिस्थित जेष्ठ नागरिक भवनमा  मतगण्ना सुरु भएको हो ।काठमाडौं-४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन कुमार थापा, नेकपा एमालेका उम्‍मेदवार राजन भट्टराई मुख्‍य प्रतिस्पर्धी मानिएको छ ।
प्यूठान । मतपेटिकामा टुटफुट देखिएपछि प्यूठानमा विवाद देखिएको छ । विवादले बस्न नसकेको सर्वदलीय बैठक भर्खर सुरु भएको छ ।झिम्पस्थित नौबाहिनी बराह मावि मतदान केन्द्रको मतपेटिकाको सिल तोडिएको पाइएको छ ।यस्तै गौमुखीस्थित ज्ञानुदय आधारभूत मावि केन्द्रमा समानुपातिक तर्फको मतपेटिका पनि फुटेको भन्दै विवाद भएको छ ।
काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदैछ।कतार विश्वकप फुटबलमा समूह ‘ए’ अन्तर्गत एक खेल हुनेछ भने समूह बीमा दुई खेल हुँदैछ। पहिलो खेल समूह ‘बी’ मा रहेका इङ्ग्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल बेलुका ६ : ४५ बजे सुरु हुनेछ। दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रने छन्।त्यसैगरी समूह ‘बी’अन्तर्गतको अर्को...
जनकपुरधाम । मधेस प्रदेशका जिल्लामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना प्रक्रिया सुरु भएको छ ।अहिलेसम्म प्रदेशका आठ जिल्लामध्ये धनुषाको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा मात्रै मतगणना सुरु भएको छ । धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले सो क्षेत्रमा बिहानैदेखि मतगणना जारी रहेको र हालसम्म जनकपुरधाम उपमहानगरपालिका–१५ मा मतगणना सम्पन्न भएको छ ।उनका अनुसार यहाँ नेकपा (एमाले)का उम्मेदवार...
काठमाडाैँ । काठमाडौँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले अग्रता लिएकाे छ। एक हजार १८६ मत गन्दा कांग्रेसका प्रकाशमानले ३२६ मत प्राप्त गरेका छन्।उनलाई २८९ मत ल्याइ राप्रपाका रवीन्द्र मिश्रले पच्छाइरहेका छन्। यस्तै, तेस्रो स्थानमा नेकपा एमालेका किरण पौडेल रहेका छन्। उनले १८६ मत पाएका छन्। २०७४ सालको निर्वाचनमा मिश्र सिंहसँग पराजित भएका थिए।राेचक प्रतिष्पर्धाकाे आँकलन गरिएकाे साे क्षेत्रमा...
पोखरा । मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकाली ६३५ मतान्तरले अग्रता कायम गरेका छन्।५ हजार ७८१ मतगणना हुदा थकालीले मतान्तर कायम गरेका हुन्। मुस्ताङमा ७ हजार २३० मत खसेको थियो।थकालीले ३ हजार १५६ मत प्राप्त गरेका छन्।नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले उनलाई पछ्याउँदै २ हजार ५२१ मत पाएका छन्।अब १४४९ मत गणना गर्न बाँकी छ।
काठमाडाैँ । ललितपुर निर्वाचन क्षेत्र नं २ मा १० हजार ८८ मत गणना हुँदा नेकपा एमालेअघि देखिएको छ।साेमबार बिहान ५ बजेदेखि सुरु भएको मतगणनाको पछिल्लो परिणामअनुसार एमालेका प्रेमबहादुर महर्जनले दुई हजार ९८० र नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जनले एक हजार ४७७ मत प्राप्त गरेका छन्।यसैगरी, हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले दुई हजार ४९७, राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले एक...