Saturday, June 20, 2026
Home Blog Page 631
विराटनगर । माेरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता डाक्टर शेखर काेइरालाले सुरुवाती अग्रता लिएका छन् ।२०० मत गणना हुँदा काेइरालाले ७६ मत पाएका छन् भने नेकपा एमालेका लालबाबु पण्डितले ५९ मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का  गाेपाल कटवालले २२ र राष्ट्रिय स्वतन्त्र पार्टीका यादवराज प्रधानले २७ मत पाएका छन् ।
चितवन । चितवन-२ को मतगणना सुरु भएको छ । १०० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिएका छन्, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रो स्थानमा छन् ।पोखरेलले ५३, नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३३ र राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले ५ मत पाएका छन् । यो क्षेत्रमा इच्छाकामना गाउँपालिकाको वडा नं १ र २ बाट मत गणना...
काठमाडौँ ।  काठमाडौँ निर्वाचन क्षेत्र नंं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहको प्रारम्भिक अग्रता कायमै छ ।यो क्षेत्रका छ वटा मतदान केन्द्रको मतगणना सकिँदा सिंहले ८१८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमप्रसाद पौडेलले जानकारी दिनुभयो । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रविन्द्र मिश्रले ७३७ मत प्राप्त गर्नुभएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुकार बमले...
काठमाडौं । झापा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता लिएका छन् ।सोमबार दिउँसोसम्म ५०० मत गन्दा लिङ्देनले २२७ मत पाएक छन् भने नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले २१३ मत पाएका छन् । यो क्षेत्रमा सिटौलालाई नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनमा आवद्ध दलको समर्थन छ भने लिङ्देनलाई नेकपा एमालेको समर्थन छ ।यो क्षेत्रमा २०७४ सालमा सिटौलालाई हराउँदै लिङ्देन निर्वाचित...
काठमाडौं । मतगणना सुरु भएका काठमाडौंका पाँच निर्वाचन क्षेत्रमध्ये तीनवटामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले अग्रता लिएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले काठमाडौं क्षेत्र नम्बर ६, ७ र ८ मा अग्रता लिएका हुन् । काठमाडौं-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठले प्रतिस्पर्धीहरुलाई पछि पारेका छन् । काठमाडौं-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका...
काठमाडौं । झापा क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतगणना केहीबेरअघि सुरु भएको हो ।झापा-५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेल प्रतिस्पर्धामा छन् ।
काठमाडौं । भक्तपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रारम्भिक अग्रता लिएको छ । राप्रपा उम्मेदवार भरतबहादुर खड्का ३५९ मत सहित अगाडि छन् । उनलाई नेकपा एमालेका नवराज गेलालले ३५६ मतसहित पछ्याइरहेका छन् ।नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवार प्रेम सुवालले २९२ र नेकपा माओवादी केन्द्रका सुनिल गोठेले २०२ मत पाएका छन् ।मतगणना चाँगुनारायण नगरपालिकाका केन्द्रबाट मतगणना...
काठमाडौं । काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले अग्रता कायम राखेका छन् । उनलाई हाम्रो नेपाली पार्टी (लौरो अभियान) का सुमन सायमीले पछ्याइरहेका छन् ।श्रेष्ठले ६२१ मत ल्याउँदा सायमीले ६०३ मत पाएका छन् । नेकपा एमालेका शिवसुन्दर राजवैद्यले ३०८ मत पाएका छन् भने नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले २२१ र राप्रपाका प्रकाश रिमालले २०३ मत पाएका छन् ।यो...
ललितपुर । ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ अहिलेसम्म भएको दुई हजार तीन सय ८४ मतगणनामध्ये नेकपा एमालेका नवराज सिलवाल एक हजार दुई सय ९५ मतका साथ अग्रस्थानमा छन् ।यस्तै नेपाली कांग्रेसका उदयशम्शेर जबरा राणा सात सय पाँच मतले दोस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सचिनकुमार घिमिरे एक सय ७९, हलोको ९५ र छाताको छ मत आएको छ...
काठमाडौं । काठमाडौं-४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झिनो अग्रता लिएका छन् ।सोमबार दिउँसो सार्वजनिक मतपरिणाम अनुसार गगन थापाले ६६८ मत पाएका छन् भेन नेकपा एमालेका राजन भट्टराईले ६३३ मत पाएका छन् ।त्यस्तै राप्रपाका उम्मेदवार ठाकुर मोहन श्रेष्ठले ६४, स्वतन्त्र उम्‍मेदवार अर्जुन कुमार प्रसाईले २८ र हाम्रो नेपाली पार्टीका उम्मेदवारले १९ मत पाए ।