काठमाडौं । जिल्लाको माडी नगरपालिकाले नगरभित्र रहेर उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि निःशुल्क यातायात सेवा सुरुआत गरेको छ । कार्यपालिकाको बैठकले लक्षित वर्गका विद्यार्थीको शिक्षामा पहुँच पु-याउन निःशुल्क यातायात सेवा प्रदान गर्ने निर्णय गरेसँगै यसलाई कार्यान्वयनमा ल्याइएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालका अनुसार नगरपालिकाभित्र बसोबास गरेर उच्च शिक्षा हासिल गर्ने विपन्न वर्गका विद्यार्थीलाई सार्बजनिक यातायातमा निःशुल्क...
काठमाडौं । चिकित्सा शिक्षा आयोगबाट अनुमति नलिई केही शिक्षण संस्थाले भर्ना आह्वान गरेको पाइएको छ । आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै अनुमति प्राप्त नगरी केही शिक्षण संस्थाले विभिन्न विधाहरुमा भर्ना आह्वान गरेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।‘विद्यार्थी, अभिभावक र सम्बन्धित सरोकारवालाहरुलाई आयोगबाट मान्यता प्राप्त नभएका संस्थामा भर्ना नगर्नु नगराउनु हुन अनुरोध छ,’ जारी विज्ञप्तिमा भनिएको छ । साथै,...
धनगढी । दार्चुलामा भारतीय पक्षले महाकाली नदीको धार नेपालतर्फ फर्काएर तटबन्धन गर्न खोजेपछि विवाद भएको छ । जिल्ला सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने पुलको दक्षिण र उत्तरतर्फको भागमा भारतीय पक्षले पानीको बहाव नेपालतर्फ फर्काएर तटबन्ध गर्न खोज्दा विवाद भएको स्थानीय प्रशासनले जनाएको छ ।पुलको उत्तरतर्फ पर्ने क्षेत्रमा तटबन्ध गर्ने विषयमा दुवै पक्षका प्राविधिकको अध्ययनपछि मात्र काम थाल्ने मौखिक समझदारी विपरीत...
काठमाडाैं । महोत्तरीमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्लाको मनराशिस्वा नगरपालिका – ३ मा आइतबार राति एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका प्रहरीले जनाएको छ ।जनकपुरबाट पर्सातर्फ जाँदै गरेको अस्थायी नम्बर प्लेटको एम्बुलेन्स पल्टिएको थियो । हाल घाइतेहरूको जानकी एकेडेमी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये महोत्तरीकै रामगोपालपुर ९ की २४ वर्षीया विनीता देवीको अवस्था...
काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु चार सयले बढेको छ । हिजो प्रतितोला रु ९९ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९९ हजार नौ सय पुगेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार चार सय छ । यसको...
काठमाडौं । रुपन्देहीको सैनामैना नगरपालिका-२ रिङरोडमा ट्याक्टरले किचेर सहचालकको मृत्यु भएको छ ।आइतबार साँझ लु २ त ६१८५ नम्बरको ट्याक्टरबाट खसेका थारुलाई सोही ट्र्याक्टरको पछाडिको चक्काले किचेको थियो ।सहचालक सैनामैना-४ झारबैराका ६० वर्षीय ठगेको तिनाउ अस्पताल बुटवलमा उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।ट्याक्टरर चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ ।
एजेन्सी । पेरिस नजिकैको भर्साइलको एउटा अस्पतालमा साइबर हमला भएपछि शल्यक्रिया रद्द गर्नु परेको जनाइएको छ । हमलाका कारण केही बिरामीहरूलाई स्थानान्तरण गर्नुपरेको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साइबर आक्रमणपछि तीन जना सघन हेरचाह र तीन जनालाई नवजात इकाइबाट स्थानान्तरण गरिएको स्वास्थ्यमन्त्री फ्रान्कोइस ब्राउनले जानकारी दिए ।क्षेत्रीय स्वास्थ्य एजेन्सी (एआरएस)ले अस्पतालले अपरेसन रद्द गरेको तर वाक–इन सेवाहरू र...
काठमाडाैं । गायक गायिका दामोदर भण्डारी र प्रिती आलेको स्वरमा नयाँ लोक गीत चौरी गाईको घिउले सार्वजनिक गरिएको छ। राजधानीमा हालै आयोजित एक कार्यक्रमबीच गीतको भिडियो प्रिमियर गरी सार्वजनिक गरिएको हो।गीतमा दामोदरकै शब्द र संगीत र कृष्ण विक (भाञ्जा) को संगीत संयोजन रहेको छ। गीतको भिडियोमा लोमस शर्मा, विजय पुन, रुबिना अधिकारी र जुनु एसडीले अभिनय गरेका छन्।अजय रेग्मीको छायांकन...
काठमाडाैं । कतार फिफा विश्वकप २०२२ अन्तर्गत मंगलबार दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा एसियाली मुलुक जापान र युरोपेली मुलुक क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अल जनोव मैदानमा राति पौने नौं बजे सुरु हुने तालिका छ । जापान समूह ‘इ’ को विजेता बनेको थियो । साविक उपविजेता क्रोएसिया समूह ‘एफ’ बाट उपविजेता भएको हो ।अर्काे खेलमा पाँच पटकको...
एजेन्सी । दक्षिणी रुसको क्यास्पियन सागरको तटमा करिब २,५०० सिल मृत फेला परेको अधिकारीहरूले बताएका छन् । सिलको मृत्युको प्रकृति हेर्दा हिंसात्म संकेत नदेखिएको अधिकारीहरुले बताएका छन् । सुरुमा लगभग ७०० मृत सिलहरू रिपोर्ट गरिएको थियो, तर थप अनुसन्धानले धेरै संख्या पत्ता लगाएको छ र मृतक सिलको गणना जारी छ ।इन्टरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचर (आइयुसीएन)को रातो सूचीमा...










