२५ सय सिल मृत फेला

28

एजेन्सी । दक्षिणी रुसको क्यास्पियन सागरको तटमा करिब २,५०० सिल मृत फेला परेको अधिकारीहरूले बताएका छन् । सिलको मृत्युको प्रकृति हेर्दा हिंसात्म संकेत नदेखिएको  अधिकारीहरुले बताएका छन् । सुरुमा लगभग ७००  मृत सिलहरू रिपोर्ट गरिएको थियो, तर थप अनुसन्धानले धेरै संख्या पत्ता लगाएको छ र मृतक सिलको गणना जारी छ ।

इन्टरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचर (आइयुसीएन)को रातो सूचीमा सन् २००८ देखि क्यास्पियन सिलहरूलाई लोपोन्मुखको रूपमा वर्गीकृत गरिएको छ ।क्यास्पियन पर्यावरण संरक्षण केन्द्रका प्रमुख जाउर गापिजोभले सीलहरू लगभग दुई हप्ता अघि मरेका एक विज्ञप्तिमा बताएका छन् । जनावर मारिएको वा माछा मार्ने जालमा फसेको भन्ने कुनै प्रमाण नभेटिएको उनले बताए ।

सुलक र शुरिन्काको नदीको मुखमा ठूलो संख्यामा मृत सिल फेला परेका दागेस्तान क्षेत्रको प्राकृतिक स्रोत र वातावरण मन्त्रालयले टेलिग्राममा लेखेको छ । विज्ञहरूले सिलबाट नमूनाहरू संकलन गरेका छन् र मन्त्रालयले प्रयोगशालाको नतिजा आएपछि मृत्युको कारण पत्ता लगाउने जनाएको छ ।