काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ। लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।नेप्सेले बैंकको १० प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजनपछि बैंकको सेयर मूल्य २४७ रुपैयाँ १८ पैसा कायम भएको छ। अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको सेयर मूल्य...
काठमाडौं । पाँचथरको मिक्लाजुङ गाउँपालिका ६ भेडेटार सडकखण्डमा नेपाली सेनाको गाडी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् भने ती घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ ।पाँचथरको मिक्लाजुङ गाउँपालिका-८ बुधबारेबाट फिदिमको रणशेर गणतर्फ जाँदै गरेको बा १ ग ३४४२ नम्बरको नेपाली सेनाको वानटन गाडी आइतबार दिउँसो दुर्घटनामा परेको प्रहरी जानकारी दिएकाे छ ।सैनिक कर्मचारी चढेको गाडी अनियन्त्रित भएर सडकबाट करिव...
काठमाडौं । चुनावको समीक्षा गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । दिउँसो ३ बजे बालुवाटारमा बस्ने बैठकमा चुनावको परिणामबारे समीक्षा हुने र नयाँ सरकार गठनको सम्भावनाबारे छलफल हुने एक नेताले जानकारी दिए ।सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीले तालमेल गरेर चुनाव लडेका थिए । मंसिर ४ गते भएको...
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ ।
मौसम विश्लेषण (Meteorological Analysis)
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।हाल मौसमको अवस्था (Present Weather Status)
प्रदेश १ को पहाडी भू-भागमा तथा उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।२०७९...
चितवन । चितवनको कालिका नगरपालिका-१ मा मृत गैंडा भेटिएको छ । चतुरमुखी सामुदायिक वनभित्र सडेगलेको अवस्थामा मृत गैंडा फेला परेको हो । गैंडालाई ६ महिना अगाडि चोरी शिकारीले मारेको हुनसक्ने आशंका डिभिजन वन कार्यालयले गरेको छ । गैंडाको खाग र खुर भेटिएको छैन । डिभिजन वन कार्यालय चितवनका अनुसार गैंडाको खप्पर र हड्डी मात्रै भेटिएको छ । गस्तीका क्रममा...
काठमाडौँ । काठमाडौँको इन्द्रचोकमा चिनियाँ नागरिकबीच झडप भएको छ । आइतबार बिहान साढे ११ बजे तीन जना चिनियाँ नागरिकबीच एक आपसमा झडप भएको हो ।विवाद बढ्दै जाँदा ३७ वर्षे फङ चुङयुनले धारिलो हतियार प्रहार गरी दुई जनालाई घाइते बनाएका छन् । फङ चुङयुनले हतियार प्रहार गरेपछि घाइते भएका ली चुवान र गान साउसिङलाई उपचारका लागि वीर अस्पताल लगिएको छ...
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पेरिसडाँडास्थित पार्टी मुख्यालयमा जारी बैठकमा निर्वाचनको समीक्षासहित नयाँ सरकार गठनका विषयमा छलफल हुनेछ ।शनिबारबाट सुरु भएको पदाधिकारी बैठकले पहिलो दिन सरकारमा जान सबै विकल्प खुला राख्ने निर्णय गरेको थियो । यसबारे जारी बैठकले थप निर्णय गर्ने नेताहरुको भनाइ छ ।गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत तेस्रो राजनीतिक...
काठमाडौं । भारतको पश्चिम बङ्गालमा शनिबार राति बम विस्फोट गराएर कम्तीमा पनि तीन जनाको ज्यान लिइएको समाचारमा जनाइएको छ ।यसरी ज्यान जानेमा यहाँको एक राजनीतिक पार्टी त्रिणमूल कंग्रेसका नेता पनि पर्नुभएको छ ।उहाँको घरमा नै बम विस्फोट गराइएको थियो ।भारतीय राज्य पश्चिम बङ्गालको मणिपुर जिल्लास्थित भूपतिनगरमा रहेको त्रिणमूल कंग्रेसका नेता राजकुमार मन्नाको घरमा शनिबार राति बम विस्फोट भएको थियो ।...
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । आइतबार बजार परिसूचक नेप्से २.१६ अंक (०.११ प्रतिशत) ले वृद्धि भएर १९६३.२२ अंकमा बन्द भएको छ ।अधिकांश उपसूचकमा वृद्धि भएपनि बैंकिङ, विकास बैंक, वित्त कम्पनी र उत्पादनमुलक उपसूचकमा गिरावट भएको छ । बजारलाई लिड गर्ने बैंकिङ उपसूचक नै घट्दा अधिकांश उपसूचक बढेपनि नेप्सेमा...
नेपालगञ्ज । बाँकेको राप्ती नदीमा बगेर बेपत्ता भएका दुई जनाको शव आज फेला परेको छ ।बयर खान जङ्गल गएका दुवैजना राप्ती नदी तर्ने क्रममा शनिबारदेखि बेपत्ता थिए । राप्तीसोनारी गाउँपालिका–६ खल्लाटपरीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक रामबहादुर घर्तीले जानकारी दिए ।मृत फेला पर्नेमा राप्तीसोनारी–६ डाँडाटपरीकी २२ वर्षीया कञ्चन थारु र १३ वर्षीया अर्पणा थारु...










