दामोदर भण्डारी र प्रिती आलेको चौरी गाईको घिउ सार्वजनिक

151

काठमाडाैं । गायक गायिका दामोदर भण्डारी र प्रिती आलेको स्वरमा नयाँ लोक गीत चौरी गाईको घिउले सार्वजनिक गरिएको छ। राजधानीमा हालै आयोजित एक कार्यक्रमबीच गीतको भिडियो प्रिमियर गरी सार्वजनिक गरिएको हो।

गीतमा दामोदरकै शब्द र संगीत र कृष्ण विक (भाञ्जा) को संगीत संयोजन रहेको छ। गीतको भिडियोमा लोमस शर्मा, विजय पुन, रुबिना अधिकारी र जुनु एसडीले अभिनय गरेका छन्।

अजय रेग्मीको छायांकन रहेको भिडियो काजिश श्रेष्ठले कोरियोग्राफी र निर्देशन गरेका छन्। पत्रकार गोपीकृष्ण चापागाईंले सहजीकरण गरेको कार्यक्रममा गायक भण्डारीले यसअघिको छुर्पी चौरी गाईको गीतको भाग+२ को रूपमा सार्वजनिक गरिएको बताए। भिडियोका निर्देशक काजिशले भिडियो राम्रो बनाउनका लागि मिहेनत गरेको बताए ।