काठमाडौं । समानुपातिक सांसद चयनको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीमा लफडा देखिन थालेको छ ।
सो पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा प्रतिनिधि सभातर्फ नेता तथा कार्यकर्ताहरूले खबरदारी गरेका छन्।रास्वपाले समानुपातिक उम्मेदवार छान्दा प्राइमरी इलेक्सन गरेको थियो। प्राइमरी इलेक्सनबाट धेरै मत ल्याएकाहरूलाई राखेर समानुपातिक उम्मेदवारको बन्दसूची बनाइएको थियो। तर अहिले समानुपातिकतर्फ सांसद चयन गर्दा प्राइमरी इलेक्सनविपरीत गर्न खोजेको भन्दै विरोध भइरहेको...
चितवन । इच्छाकामना गाउँपालिका वडा नं ३ फिल्सिङमा पिकअप गाडी र मोटरसाइकल एकापसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ । अर्का एक विदेशी नागरिकसहित दुई घाइते भएका छन् । आज बिहान १०ः१५ बजे फिस्लिङस्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा जर्मनका नागरिक ६० वर्षीय मिचेल मेयर ओलवर्षलेबेन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको उपचारका क्रममा...
काठमाडौँ । स्थापित संसदीय मान्यता र संसद सचिवालयको निर्णयलाई अवज्ञा गर्दै शेरबहादुर देउवा सरकारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सर्वोच्च अदालतमा उपस्थित हुन असहयोग गरेको छ।संसद सचिवालयले महाअभियोगबारे छलफल गरिरहेको संसदको अवसान भएका कारण महाअभियोग प्रक्रिया निष्क्रिय रहेको जानकारी दिनेबित्तिकै राणाले सर्वोच्चमा अदालतमा हाजिर गर्न आउने जनाउ दिएका थिए। तर, उनी सर्वोच्च अदालतमा आउने तयारी गरेकाले वकिलहरु धर्नामा बसेपछि पर्याप्त सुरक्षाको...
काठमाडौँ । सर्वोच्च अदालत परिसरमा वकिलहरुमाथि जुत्ता प्रहार गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणा सर्वोच्च फर्किने तयारी गरेपछि धर्ना दिन पुगेका वकिलहरुमाथि तारा बरालले जुत्ता हानेकी थिइन्। त्यसलगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।निलम्बित प्रधानन्यायाधीश राणाको समर्थनमा उत्रिएकी उनले राणाको विरोध गरिरहेका वकिलमाथि जुत्ता प्रहार गरेकी थिइन्।संघीय संसद्का महासचिव डा. भरतराज गौतमले बुधबार निलम्बन फुकुवाको...
काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ। सेयर कारोबारमापक नेप्से परिसूचक १६.६१ अंकले घटेर १९१७.२८ विन्दुमा पुगेको छ। मंलबार सेयर बजार ५ अंकले ओरालो लागेको थियो भने ९६ करोडको कारोबार भएको थियो ।बुधबार ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.४४ अङ्कले घटेर ३७३.६४ मा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २०४ कम्पनीको...
काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि अमेरिकी राजदूत डीआर थम्पसनबीच भेटवार्ता भएको छ ।एकीकृत समाजवादीको मुख्यालयमा बुधबार अध्यक्ष नेपाल र राजदूत थम्पसनबीच भेटवार्ता भएको नेपालको निजी सचिवालयले जनाएको छ ।उक्त भेटवार्ताका क्रममा राजदूत थम्पसनले अध्यक्ष नेपाललाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा बधाई दिएका छन् । साथै अध्यक्ष नेपालले पनि थम्पसनको कार्यकालको सफलताको कामना गरेका थिए...
काठमाडौँ । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराबिरुद्ध दर्ता भएको महाअभियोग जीवित नै रहेको प्रतिक्रिया दिएका छन् । यसबारे अब आउने संसदमा छलफल भएर एउटा निर्णयमा पुग्ने उनको भनाइ छ।बुधबार संघीय संसदका महासचिवले जबरालाई निलम्बन फुकुवाको पत्र दिएका थिए। लगत्तै जबरा सर्वोच्च अदालत फर्किने तयारी गरेका छन्। तर सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री कार्कीले भने महाअभियोग जीवितै रहेको...
काठमाडौं । गोंगबुबाट अवैध लागु औषध ब्राउन सुगरसहित १९ जना पक्राउ परेका छन् । टोखा नगरपालिका-१० गोंगबु बस्ने ३३ वर्षीय डलराज मगरको कोठाबाट अवैध लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ ग्राम १९ मिलिग्राम र उनीसहित १९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।मगरको कोठामा लागू औषध बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त महाराजगन्जबाट...
काठमाडौं । नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उडेको कार्गो जहाजमा चरा ठोक्किएको हो ।
अदानचुली गाउँपालिकाको मुने लेकनजिकैको आकाशमा चिल ठोक्किएको तारा एयरका कर्मचारीले जानकारी दिएका छन् । दिउँसो करिब १ बजेतिर चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ । जहाजमा सवार चालक दलका सबै सदस्य सिमकोट विमानस्थल अवतरण गरेका छन् । जहाजमा पाइलट, को–पाइलट र एयरहोस्टेजसहित तीनजना थिए...
भक्तपुर । अबको पाँच वर्षमा भक्तपुरलाई कस्तो बनाउने भन्ने विषयमा प्रतिनिधि सभा तथा प्रदेश सभामा नवनिर्वाचित सांसद र पत्रकारहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय सञ्चार केन्द्र भक्तपुर मा आयोजित कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरुले राजनीतिक आस्था र विचारबाट माथि उठेर जनताको समस्या समाधानमा सबैसँग हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।कार्यक्रममा बोल्दै भक्तपुर क्षेत्र नं २ बाट...










