Wednesday, October 14, 2026
Home समाचार वकिलहरुमाथि जुत्ता प्रहार, बराल पक्राउ

वकिलहरुमाथि जुत्ता प्रहार, बराल पक्राउ

170

काठमाडौँ । सर्वोच्च अदालत परिसरमा वकिलहरुमाथि जुत्ता प्रहार गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणा सर्वोच्च फर्किने तयारी गरेपछि धर्ना दिन पुगेका वकिलहरुमाथि तारा बरालले जुत्ता हानेकी थिइन्। त्यसलगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

निलम्बित प्रधानन्यायाधीश राणाको समर्थनमा उत्रिएकी उनले राणाको विरोध गरिरहेका वकिलमाथि जुत्ता प्रहार गरेकी थिइन्।

संघीय संसद्का महासचिव डा. भरतराज गौतमले बुधबार निलम्बन फुकुवाको पत्र दिएपछि जबरा सर्वोच्च फर्किने तयारीमा छन्। त्यसको विरोधमा कानुन व्यवसायीहरु धर्ना दिन सर्वोच्च पुगेका हुन्।