Friday, June 12, 2026
Home Blog Page 577
काठमाडौँ । पछिल्लो तीन वर्षमा तीन हजार १९९ नेपाली युवाहरूले विदेशी भूमिमा ज्यान गुमाएका छन्। सरकारले आइतबार सार्वजनिक गरेको श्रम, आप्रवासन प्रतिवेदन २०२२ अनुसार ज्यान गुमाउनेमा पुरूषहरूको संख्या धेरै छ।सन् २०१९/०२० देखि २०२२ सम्म तीन हजार ११५ जना पुरूषले ज्यान गुमाएका छन् भने ८४ जना महिलाले ज्यान गुमाएका छन्।प्रदेशगत रूपमा हेर्दा मधेश प्रदेशका ७५१ जनाले ज्यान गुमाएका छन्। प्रदेश...
काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१२ अंकले उकालो लागेको छ । यससँगै सूचक १८५५.१९ विन्दुमा आएको छ । ८ कम्पनीको १२ सय ६० कित्ता सेयर कारोबार भएको छ ।यो सेसनमा ६ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा परिवर्तन भएको छैन । ३ लाख ७५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ...
काठमाडौँ । आज सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।आज छापावाल सुनको मूल्य तोलामा एक लाख ५ सय, तेजावी सुनको मूल्य एक लाख र चाँदीको मूल्य १३ सय ८० रुपैयाँ तोकिएको छ ।आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको थियो भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको थियो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०७९ अनुसार सिमेन्ट, क्लिङ्कर लगायत बस्तु निर्यात गर्दा अनुदान दिने प्रक्रिया अगाडि बढाउने निर्देशन दिएको छ ।नेपाल सरकारले कार्यविधि  संशोधन गरेअनुसार सिमेन्ट, डन्डी लगायत वस्तु निर्यातमा दिइने अनुदानका लागि सम्बन्धित निकायलाई परिपत्र जारी गरेको छ ।सरकारले चालु वर्षको बजेटमा सरकारले थप ६ वस्तुको निर्यातमा अनुदान दिने...
काठमाडाैँ । फोहरलाई कुहिने र नकुहिने गरी छुट्याउने कार्य चुनौतीपूर्ण भइरहेको बेला चन्द्रागिरि नगरपालिकाले फोहरलाई ६ थरी झोलामा छुट्टाछुट्टै सङ्कलन गर्ने तयारी सुरु गरेको छ।नगरवासीलाई घरबाट निस्किने फोहरको अधिकांश भाग आफैँ व्यवस्थापन गर्न लगाउने उद्देश्यले एउटा घरलाई ६ वटा अगल-अलग झोला वितरण गरिनेछ।नगरपालिका प्रमुख घनश्याम गिरीका अनुसार यसले सङ्कलन हुने फोहरको परिमाण उल्लेख्यरुपमा घटाउन र बाँकी फोहर दीर्घकालीनरुपमा व्यवस्थापन...
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको प्रधानमन्त्री को बन्ने भन्ने टुंगिनसकेको बताएका छन् ।सोमबार चितवनमामा पत्रकारसँग अध्यक्ष प्रचण्डले भने, ‘हामी गठबन्धनमा छलफल गर्छौ र टुंग्याउछौ । अहिले नै को प्रधानमन्त्री बन्ने भन्ने टुंगो लागेको छैन।’त्यसक्रममा उनले प्रधानमन्त्रीका लागि सबै विषयमा दाउमा राख्ने पक्षमा नरहेको प्रष्ट पारेका छन् । ‘मैले प्रधानमन्त्रीका लागि सबै चिज दाउमा लगाउने...
कञ्चनपुर । पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कृष्णपुर नगरपालिकाको लालझाडी वन क्षेत्रमा गए राति भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार म२प ६१८९ नम्बरको स्कुटरलाई सुपप्र ०१००८ प १५८७ नम्बरको मोटरसाइकलले ‘ओभरटेक’ गर्दा से२प ८२० नम्ब– ८ बेलडाँडीका अन्दाजी २६ वर्षीय कृष्णसिंह साउँदको मृत्यु भएको छ।दुर्घटमा परी घाइते भएका साउदलाई प्रहरीको...
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारका लागि तरकारी र फलफूलको मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको विवरण अनुसार आज कालो अंगुरको औसत मूल्य प्रतिकेजी २७५ रुपैयाँ, हरियो अंगुर २१३ रुपैयाँ ३३ पैसा रहेको छ।यस्तै,अदुवा ५५ रुपैयाँ, नेपाली ठूलो गोलभेँडा ३५ रुपैयाँ, अनार २८३ रुपैयाँ र अमला ५६ रुपैयाँ ६७ पैसा छ। त्यस्तै, अम्बा...
काठमाडौँ । २०२२ को विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । लुसैल स्टेडियममा आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको हो।याेसँगै अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि जितेको छ । अर्जेन्टिनाले यस अघि सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि थियो । फ्रान्स भने लगातार दोस्रो पटक र तेस्रो पटक...
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछानेलाई चयन गरेकाे छ। साेमबार बिहान बुढानीलकण्ठस्थित होटल पबेरा हेरिटेजमा बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको हाे।केन्द्रीय समिति बैठकले प्रारम्भिक चुनावकै आधारमा दलको नेता चयन गर्न निर्देशन दिएको थियाे। साेही अनुसार सभापति लामिछानेलाई संसदीय दलकाे नेतामा चयन गरिएकाे हाे। उपनेता, प्रमुख सचेतक र सचेतक चयन...