काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ ।उपमहासचिव प्रकाश ज्वालाका अनुसार संसद दलको नेता, उपनेता, प्रमुख सचेतक चयन लगायतका विषयमा बैठकमा छलफल हुनेछ ।एकीकृत समाजवादीमा सर्वसम्मतीले दलको नेतामा अध्यक्ष माधव नेपाल नै चयन हुने सम्भावना छ ।बैठकमा नयाँ सरकार गठनबारे दलहरुबीच भइरहेको छलफलबारे अध्यक्ष नेपालले जानकारीसमेत गराउने एक...
काठमाडौं । उच्च अदालतले पाटनले बैंकिङ कसुर मुद्दामा ९९ जनालाई ३० दिनभित्र बयानका लागि उपस्थित हुन आदेश दिएको छ । यी सबै मुद्दाहरुमा नेपाल सरकार प्रतिवादी छ ।उच्च अदालत पाटनले आज पुस ४ गतेको मितिदेखि ३० दिनभित्र बयानका लागि अदालतमा हाजिर हुन आउन भनेको छ । अन्यथा कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउने सूचनामा उल्लेख छ ।बयानका लागि बोलाइएकाहरुमा...
धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो फेसबुक पोष्टमा प्रयोग भएको शब्द दलित समुदायलाई नराम्रो लागेको भन्दै माफी मागेका छन् ।‘मैले पोष्ट गरेको स्टाटसमा गाउँले ठट्यौली उखानको शैलीमा चमारे शब्द अप्रत्यासित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थप्रति दुख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दुखी बनाएको रहेछ,’ उनले एक विज्ञप्ति निकालेर भनेका छन्, ‘त्यसका लागि क्षमाप्राथी...
कैलाली । जिल्लाको अत्तरियामा अज्ञात समूहले गोली चलाउँदा २ जना घाइते भएका छन् । आइतबार साँझ साढे ६ बजे मोटरसाइकलमा आएका नचिनेका मानिसहरुले गोली चलाउँदा दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय कैलाली अत्तरियाका डीएसपी रविन्द्र पाण्डेले जानकारी दिए । उनीहरुको अस्पतालमा उपचार भइरहेको छ भने गोली चलाउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ । डीएसपी रविन्द्र पाण्डेका अनुसार न्यू...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनको तयारी लगायतका विषयमा छलफल हुने नेपाली कांग्रेस स्रोतले बतायो ।कांग्रेसका एक नेताले आजको बैठकले संसदीय दलको चुनावको मिति तोक्न सक्ने बताए । नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई...
काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूलाई सरकार गठन गर्न आह्वान गर्ने तयारी थालेकी छन्।निर्वाचन मंसिर ४ गते सम्पन्न भएकाे प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनकाे सम्पूर्ण निर्वाचन प्रतिवेदन बिहीबार नै राष्ट्रपतिसमक्ष बुझाइसकेकाे छ। यससँगै अब सरकार गठनकाे बाटाे पनि खुलेकाे छ। संवैधानिक प्रावधानअनुसार अन्तिम निर्वाचन परिणाम प्राप्त भइसकेपछि राष्ट्रपतिले नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्छ।निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत...
काठमाडौँ । निर्वाचन आयोगमा प्रमाणपत्र थाप्ने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यहरुको हुलमा देखिइन् – रामेछाप गोकुलगंगा गाविसकी लक्ष्मी घिमिरे पनि।ह्विलचेयरमा प्रदेशसभा सदस्यको प्रमाणपत्र थापिरहेकी उनी अरुभन्दा फरक थिइन्। सांसदहरुको हुलमा सम्भवत: ह्विलचेयरमा प्रमाणपत्र लिने उनी एक्ली थिइन्। २८ वर्षीया लक्ष्मी राजधानीको पद्मकन्या क्याम्पसमा राजनीतिशास्त्रमा एमको अध्ययन पनि गर्दैछिन्।विवेकशील साझामा आवद्ध रहेकी लक्ष्मी पार्टी अध्यक्ष रवीन्द्र मिश्र राप्रपा प्रवेश गरेसँगै...
काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा करिब डेढ प्रतिशतको गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से २७.५४ अंक (१.४६ प्रतिशत) ले गिरावट हुँदा १८५५.०६ अंकमा बन्द भएको छ ।सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि करिब डेढ प्रतिशतले घटेको हो । आइतबार वित्त कम्पनी उपसूचक सर्वाधिक २.८८ प्रतिशतले गिरावट हुँदा विकास बैंक, हाइड्रोपावर र अन्य...
काठमाडौं । चोरीको मोटरसाइकलसहित नियन्त्रणमा लिएका दुई जनालाई सवारी साधनसहित जिल्ला प्रहरी परिसर जावलाखेल, ललितपुरमा बुझाएको छ । आज (आइतबार) ट्राफिक प्रहरीले जिल्ला प्रहरी परिसर जावलाखेल, ललितपुरमा बुझाएको हो ।रामेछापको दोरम्बा–५ घर भई हाल भक्तपुर बस्ने २२ वर्षीय रिदम बहादुर थापा मगर र सोही स्थान घर भई हाल काठमाण्डौं सुन्धारा बस्ने २१ वर्षीय प्रेम थापा मगरलाई चोरीको मोटरसाईकलसहित आवश्यक...
काठमाडौँ । उत्तर कोरियाले आइतबार थप दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । नयाँ हतियार प्रणालीका लागि ठोस इन्धन प्रयोग गर्ने मोटरको सफल परीक्षण गरेको बताएको केही दिनपछि उत्तर कोरियाले थप क्षेीयास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।उत्तर कोरियाले गत महिना अहिलेसम्मकै अत्याधुनिक अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणसहित अभूतपूर्व हतियार परीक्षण गरेपछि कोरियाली प्रायद्वीपमा यस वर्ष सैन्य तनाव ह्वात्तै...










