Sunday, October 18, 2026
Home राजनीति राष्ट्रिय स्वतन्त्र पार्टीकाे संसदीय दलको नेतामा रवि लामिछाने चयन

राष्ट्रिय स्वतन्त्र पार्टीकाे संसदीय दलको नेतामा रवि लामिछाने चयन

84

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछानेलाई चयन गरेकाे छ। साेमबार बिहान बुढानीलकण्ठस्थित होटल पबेरा हेरिटेजमा बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको हाे।

केन्द्रीय समिति बैठकले प्रारम्भिक चुनावकै आधारमा दलको नेता चयन गर्न निर्देशन दिएको थियाे। साेही अनुसार सभापति लामिछानेलाई संसदीय दलकाे नेतामा चयन गरिएकाे हाे। उपनेता, प्रमुख सचेतक र सचेतक चयन हुन भने बाँकी रहेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए। उनका अनुसार बाँकी पदहरूका लागि आजै बैठक बस्नेछ। पार्टीले प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ गरी २० सिट जितेको छ।