Saturday, October 17, 2026
Home अर्थ यस्ताे छ तरकारी र फलफूलको मूल्य

यस्ताे छ तरकारी र फलफूलको मूल्य

29

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारका लागि तरकारी र फलफूलको मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको विवरण अनुसार आज कालो अंगुरको औसत मूल्य प्रतिकेजी २७५ रुपैयाँ, हरियो अंगुर २१३ रुपैयाँ ३३ पैसा रहेको छ।

यस्तै,अदुवा ५५ रुपैयाँ, नेपाली ठूलो गोलभेँडा ३५ रुपैयाँ, अनार २८३ रुपैयाँ र अमला ५६ रुपैयाँ ६७ पैसा छ। त्यस्तै, अम्बा १५६ रुपैयाँ ६७ पैसा, आभोकाडो २७५ रुपैयाँ, नेपाली सुन्तला ११० रुपैयाँ, रातो आलु ४९ रुपैयाँ २० पैसा, सेतो आलु ४१ रुपैयाँ छ भने स्थानीय काउली २५ रुपैयाँ, कागती ९८ रुपैयाँ, किवी १८३ रुपैयाँ ३३ पैसा, अकबरे खुर्सानी ३१३ रुपैयाँ ३३ पैसामा किनबेच भइरहेको छ।

त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, गुन्द्रुक ३१० रुपैयाँ, टनेल गोलभेँडा २० रुपैयाँ ४०, राजमा घिउ सिमी ८६ रुपैयाँ ६७ तोकिएको छ।  चम्सुरको साग ८६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १०० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला ६५ रुपैयाँ, लोकल परवर ६५ रुपैयाँ, भारतीय सुकेको प्याज ४१ रुपैयाँ २० पैसा र हरियो धनियाँ ५० रुपैयाँ कायम रहेको समितिले जनाएको छ।