काठमाडौं । सुरक्षा अधिकारीहरूलाई गृहमन्त्रालयले आफूखुसी दलका नेताहरुलाई नभेट्न निर्देशन दिएको छ ।
मन्त्रालयले विभागीय स्वीकृति लिएर मात्रै राजनीतिक नेतृत्व र कुटनीतिक नियोगहरुमा भेटघाट गर्न सुरक्षा निकायका पदाधिकारीहरुलाई निर्देशन दिएको हो ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति निकालेर दिएको जानकारी अनुसार विभागीय स्वीकृति बिना नेता र कुटनीतिक नियोगहरुमा भेटघाट गर्ने सुरक्षा पदाधिकारीलाई कारबाही हुने छ ।
काठमाडौँ । महान्यायाधिवक्ता डा. दिनमणि पोख्रेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पोख्रेललाई शपथ खुवाएकी हुन् ।शपथ समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित थिए ।
सिरहा । सिरहाको विभिन्न स्थानबाट सशस्त्र प्रहरीले २९ लाखभन्दा बढी मूल्यको समान वराम गरेको छ । हिजो (बुधबार) करीव २९ लाख २२ हजार ४ सय रुपियाँ बराबरको लत्ताकपडा तथा अगरबत्तीको धुलो बरामद गरेको भन्सार कार्यालय सिरहाले जनाएको छ ।लुकाई छिपाई राखेको लत्ताकपडा तथा अगरबत्तीको धुलो बरामद गरेको प्रहरीले जनाएको छ । जिल्लाको नवराजपुर गाउँपालिका–५ मेनहा बस्ने संजय महतोको जस्तापाताले...
काठमाडौं । स्वतन्त्र सांसद प्रभु साहले नयाँ पार्टी घोषणाको तयारी गरेका छन् । त्यसका लागि उनले आफ्नो समूहका नेताहरुबीच छलफल गर्दै आएका छन् ।त्यसको निचोड सार्वजनिक गर्न उनले आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेका छन् । पत्रकार सम्मेलन बिजुली बजारस्थित क्रिष्टल प्यालेसमा आज दिउँसो ३ बजे आयोजना गरिएको छ । नेता साहले भने, ‘पार्टी गठनको तयारीका लागि अनौपचारिक छलफल...
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलको बैठकले ५ दिनभित्र सरकारका न्यूनतम साझा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ ।शक्ति बाँडफाँड र सरकारको साझा नीति तथा कार्यक्रमबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा बसेको थियो । सरकारको न्यूनतम साझा कार्यक्रमका लागि नेकपा एमालेका अध्यक्ष केपी ओलीको संयोजकत्वमा कार्यदल बनाइएको छ ।सरकारलाई समर्थन गरेका सातै...
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला दुई सय रुपैयाँ र चाँदी प्रतितोला २० रुपैयाँले घटेको हो ।महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । बुधबार भने छापावाल सुन प्रतितोला एक लाख एक हजार एक सय रुपैयाँमा कारोबार भएको थियो...
काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको आजको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो ।मन्त्रिपरिषद् विस्तार, मन्त्रालयको भागबन्डालगायत विषयमा छलफल गर्न बैठक बसेको थियो । बैठकको निर्णयबारे जानकारी गराइएको छैन ।बैठकपछि प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राष्ट्रपतिको कार्यालय शीतल निवास जाँदै...
काठमाडौं । मधेस प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुने भएको छ ।संसदीय दलको नेतामा मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादव र पूर्वमन्त्री रामसरोज यादव उम्मेदवार छन् ।दुवैले उम्मेदवारी दर्ता गराइसकेको र मतदान दिउँसो ३ बजेपछि हुने कांग्रेस मधेश प्रदेश प्रचारप्रसार प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए ।कृष्ण पार्टी सभापति देउवा पक्षधर हुन् रामसरोज विमलेन्द्र निधि...
काठमाडाैं । विश्व फुटबलमा कालो हिराबाट परिचित ब्राजिलका महान् फुटबलर पेले अस्पतालमा उपचार गरिरहँदा सामाजिक सञ्जालमा भने बुधबार साँझबाट धेरै प्रयोगकर्ताले ‘श्रद्धाञ्जली’ दिएका छन् ।बुधवार साँझ अचानक पेलेको निधनको झुटो समाचार केहि अनलाइन मिडियामा पोष्ट भएपछि श्रद्धाञ्जली दिनेहरुको संख्याले यस्तो असत्य कुरा भाइरल बनेको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ‘पेलेको निधन’ भएको भनिएका भाइरल सामग्रीमा कुनै सत्यता नभएको बताइसकेको छ।वास्तवमा...
भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सचिव एवं सांसद प्रेम सुवालले आफ्नो दल प्रतिपक्षमै रहने बताएका छन् ।सेवा निवृत्त शिक्षक समाजले भक्तपुरमा गरेको शुभकामना कार्यक्रममा उनले पार्टी सरकारमा सामेल नहुने स्पष्ट पारेका हुन् । नेमकिपाबाट संघीय संसदमा सुवाल एक्लै छन् । बागमती प्रदेशमा तीन सांसद छन् ।संघ र बागमती प्रदेश दुबैमा नेमकिपा प्रखर प्रतिपक्षमै रहने सुवालले जनाए ।निर्वाचनमा...









