आफुखुसी नेता र राजदूत भेटे कारवाही गरिने

56

काठमाडौं । सुरक्षा अधिकारीहरूलाई गृहमन्त्रालयले आफूखुसी दलका नेताहरुलाई नभेट्न निर्देशन दिएको छ ।
मन्त्रालयले विभागीय स्वीकृति लिएर मात्रै राजनीतिक नेतृत्व र कुटनीतिक नियोगहरुमा भेटघाट गर्न सुरक्षा निकायका पदाधिकारीहरुलाई निर्देशन दिएको हो ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति निकालेर दिएको जानकारी अनुसार विभागीय स्वीकृति बिना नेता र कुटनीतिक नियोगहरुमा भेटघाट गर्ने सुरक्षा पदाधिकारीलाई कारबाही हुने छ ।