Monday, September 21, 2026
Home राजनीति नेमकिपा सरकारमा जाँंदैन: सुवाल

नेमकिपा सरकारमा जाँंदैन: सुवाल

40

भक्तपुर ।  नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सचिव एवं सांसद प्रेम सुवालले आफ्नो दल प्रतिपक्षमै रहने बताएका छन् ।

सेवा निवृत्त शिक्षक समाजले भक्तपुरमा गरेको शुभकामना कार्यक्रममा उनले पार्टी सरकारमा सामेल नहुने स्पष्ट पारेका हुन् ।  नेमकिपाबाट संघीय संसदमा सुवाल एक्लै छन् । बागमती प्रदेशमा तीन सांसद छन् ।

संघ र बागमती प्रदेश दुबैमा नेमकिपा प्रखर प्रतिपक्षमै रहने सुवालले जनाए ।निर्वाचनमा जनतासँंग सरकारमा नगई प्रतिपक्षमा बस्ने प्रतिवद्धताका साथ घोषणापत्र जारी गरी मत मागेको हुनाले आफूहरुले ठूला दलले जस्तै जनतालाई धोका दिन नसक्ने उनको भनाइ थियो ।