सकियो सत्ता गठबन्धनको बैठक

30

काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको आजको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो ।

मन्त्रिपरिषद् विस्तार, मन्त्रालयको भागबन्डालगायत विषयमा छलफल गर्न बैठक बसेको थियो । बैठकको निर्णयबारे जानकारी गराइएको छैन ।

बैठकपछि प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राष्ट्रपतिको कार्यालय शीतल निवास जाँदै छन् ।

आज शीतल निवासमा नवनियुक्त महान्यायाधिवक्ता डा.दीनमणि पोखरेलको शपथग्रहण कार्यक्रम रहेकाले त्यसमा सहभागी हुन उनीहरू जान लागेका हुन् ।