प्रचण्ड र ओलीबीच भेटवार्ता

139

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सरकारको साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल भएको बालुवाटार स्रोतले बतायो ।

हिजोमात्र बसेको सत्ता गठबन्धनको बैठकले एमाले अध्यक्ष ओलीको संयोजकत्वमा उच्चस्तरीय संयन्त्र गठन गरेको थियो ।  सोही बैठकले पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्ने निर्णयसमेत गरेको थियो ।