कांग्रेस संसदीय दलको नेतामा प्रदेश १ मा तीन जनाको उम्मेदवारी

44

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा तीन जनाको उम्मेदवारी परेको छ । संसदीय दलको नेतामा संस्थापन पक्षबाट २ र संस्थापन इतर पक्षबाट एक जनाको उम्मेदवारी दिएका हुन् । निर्वाचन समिति संयोजक रमेशजंग रायमाझीका अनुसार दलको नेतामा केन्द्रीय सदस्य अमृत अर्याल, प्रदेश १ सभापति उद्वव थापा र केदार कार्कीको उम्मेदवारी परेको हो । अर्याल सभापति शेरबहादुर देउवा प्यानलका हुन् ।
थापा कृष्णप्रसाद सिटौला र कार्की डाक्टर शेखर कोइराला पक्षका हुन् । दलको नेता छान्न भोलि शुक्रबार निर्वाचन हुँदैछ ।