कोरोनाको अर्को लहरको महामारीः भारतमा कडाई, हवाई यात्रुको परिक्षण अनिवार्य

36

काठमाडौं । कोरोना भाइरसको महामारी चीनमा फेरि देखिन थालेको छ । विश्वका अन्य देशमा समेत कोरोनाको अर्को लहर आउने प्रति सचेत हुन् विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ । छिमेकी देश भारतमा हवाई यात्रा मार्फत देशमा आउने यात्रुहरुको चेक जाँच गर्न थालेको हो । २ दिनमा मात्रै ६ हवार हवाई यात्रुको कोरोना जाँच गरिएको भारतिय मिडियाहरुले जानकारी दिएका छन् । सो क्रममा ३९ जनामा पोजेटिभ देखिएको छ । चीन, जापान, हंककंग्, दक्षिण कोरिया, थाइल्याण्ड र सिंगापुरबाट आउनेहरुको अनिर्वाय कोरोना परिक्षण गर्न थालिएको छ ।

जनवरीको अन्तिमदेखि कोरोना बढ्न सक्ने भन्दै ४० दिन होशियार रहन आग्रह गरिएको छ । जापानमा केही दिन यतामात्रै २ लाख २६ हजार नयाँ केश देखिएको छ । अमेरिकामा १ लाख ६५ हजार भन्दै धेरै बालबालिकामा कोरोना संक्रमण भएको मिडियामा खबर आएको छ ।