पालिका परिचयः रोशी गाउँपालिका (काभ्रेपलाञ्चोक जिल्ला)

143

संक्षिप्त परिचय:   काभ्रेपलाञ्चोक जिल्लामा भएका १३ गाउँपालिका मध्ये यस रोशी गाउँपालिका एक हो । यस गाउँपालिकाको पूर्बमा सुनकोशी गाउँपालिका (सिन्धुलि),पश्चिममा नमोबुद्ध नगरपालिका,उत्तरमा तिमाल गाउँपालिका र दक्षिणमा महाभारत र बेथानचोक गाउँपालिका रहेका छन्। यस गाउँपालिकाको कुल क्षेत्रफल १७६ वर्ग कि।मि रहेको छ र २०६८ को जनगणना अनुसार २८७४६ जनसङ्ख्या रहेको छ।

नेपालको संविधानमाले व्यवस्था गरे बमोजिम यस गाउँपालिका एक स्वशासित र संगठित संस्था हुनेछ । गाउँपालिकाको आफ्नो छुट्टै छाप हुनेछ । प्रति वर्ग कि।मि २२१ जनघनत्व रहेको यो गाउँपालिका महाभारत शृङ्खलाको उत्तरी मोहडामा पर्दछ। यो गाउँपालिका साविकका १० वटा गाविसहरु खहरेपाँगु, शिखरआम्बोटे, महादेवटार, सिसाखानी, सिपालीचिलाउने, कटुन्जेबेशी, खार्पाचोक, मंगलटार,वाल्टिङ र भिमखोरी मिलाएर बनाईएको छ ।

रोशी गाउँपालिका काभ्रे जिल्लाको एक ऐतिहासिक र पर्यटकिय महत्व बोकेको गाउँपालिका हो । डाँडाकाँडाले भरिएको यस गाउँपालिकामा रहेको रोशी खोला को नाम बाट गाउँपालिकाको नामाकरण गारिएको हो । यस गाउँपालिकामा विषेश गरी हिन्दु र बौद्ध धर्मावलम्बिको बसोबास रहेको छ। तामाङ जातिको वाहुल्यता रहेको यस गाउँपालिकामा ब्राम्हण, क्षेत्री, मगर, नेवार, ठकुरी , कामी, दमाईको बसोबास रहेको छ। यहाँका नागरिकहरुले कृषि , पशुपालन र ब्यापारलाई मुख्य पेशाको रुपमा अङ्गाल्दै आएका छन्। प्राकृतिक सुन्दरताले भरिपुर्ण यो गाउँपालिका स्रोत र साधन मा धेरै अगाडि छ।

यस गाउँपालिकाले क्रमशस् यस क्षेत्रको समग्र विकासका पहलहरु गर्दै लैजान हरेक वर्ष बार्षिक रुपमा योजना तथा कार्यक्रमहरु ठोस रुपमा तयार गरि अगाडि बढोरहेको छ।

 गाउँपालिकासंग सम्बन्धित तथ्यांकहरु:

जम्मा वडा :१२ वटा

जनसंख्या: महिला(१५२१५) , पुरुष(१३५३१)

परिवार संख्या: ५८९६

औषत परिवार संख्या:४.८८

गाउँपालिका​को वडागत विवरण

हालको वडा नं  साविकका गा.बि.स  वडा विभाजन

१                           खहरेपाँगु                    १ देखि ९

२                         शिखरआम्बोटे               ५,६,७,८

३                           शिखरआम्बोटे             १,२,३,४,९

४                           महादेवटार                 १ देखि ९

५                           सिसाखानि                १ देखि ९

६                           सिपालीचिलाउने        १ देखि ९

७                           कटुन्जेबेशी                १ देखि ९

८                            खार्पाचोक                १ देखि ९

९                            मंगलटार                  १ देखि ९

१०                          वाल्टिङ                   १ देखि ९

११                          भिमखोरी            १,२,३,४,५,६

१२                         भिमखोरी                   ७,८,९

२०७९/०१/३० को स्थानीय तहको निर्वाचनवाट निर्वाचित गाउँपालिका प्रमुख श्री दिनेश लामा ज्यू र उपप्रमुख श्री मिम बहादुर वाईबा(ज्वाला) ज्यू रहनु भएको छ । रोशी गाउँपालिका कार्यपालिकाको पदाधिकारीहरुको नामावली निम्नानुसार रहेको छ।

१) श्री दिनेश लामा – गा.पा अध्यक्ष

२) श्री  मिम बहादुर वाईबा(ज्वाला) – गा.पा उपाध्यक्ष

३) श्री श्रीदास लामा –  १ नं वडा अध्यक्ष

४) श्री हस्तमान लामा – २ नं वडा अध्यक्ष

५) श्री धनजीत लामा – ३ नं वडा अध्यक्ष

६) श्री तेज ब. मगर – ४ नं वडा अध्यक्ष

७) श्री नीर ध्वज लामा-  ५ नं वडा अध्यक्ष

८) श्री नारायण ब. शिवाकोटी- ६ नं वडा अध्यक्ष

९) श्री अशोक गौतम- ७ नं वडा अध्यक्ष

१०) श्री जित बहादुर तामाङ – ८ नं वडा अध्यक्ष

११) श्री जनम तामाङ – ९ नं वडा अध्यक्ष

१२) श्री  विकेन तामाङ – १० नं वडा अध्यक्ष

१३) श्री लाल कुमार पाख्रीन – ११ नं वडा अध्यक्ष

१४) श्री बसन्त  कुमार तामाङ- १२ नं वडा अध्यक्ष

१५) श्रीमती सिता लामा – गाउँ कार्यपालिका सदस्य

१६) श्रीमती रिता कोईराला – गाउँ कार्यपालिका सदस्य

१७) श्रीमती लक्ष्मि माया तामाङ – गाउँ कार्यपालिका सदस्य

१८) श्रीमती बिनिता कुमारी तामाङ – गाउँ कार्यपालिका सदस्य

१९) श्री तुलसा नहादुर दमाई-  गाउँ कार्यपालिका सदस्य

२०) श्रीमती सुनिता लामगादे- गाउँ कार्यपालिका सदस्य