सुदूरपश्चिमका सांसदले लिए शपथ

59

धनगढी । सुदूरपश्चिम प्रदेशसभाका नवनिर्वाचित सदस्यले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार प्रदेशसभा भवनमा अछामबाट निर्वाचित ज्येष्ठ सदस्य मानबहादुर रावलले पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।

नागरिक उन्मुक्ति पार्टीका ५ जना र नेपाली कांग्रेसकी समानुपातिका प्रदेशसभा सदस्य गिता चौधरीले मातृभाषामा शपथग्रहण गरेका हुन् भने अन्य प्रदेशसभा सदस्यले नेपाली भाषामै शपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यसअघि शुक्रबार दिँउसो ज्येष्ठ सदस्य रावलले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथलिएका थिए । प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा रावलले शपथलिएका हुन्।

शपथग्रहण सकिएपछि प्रदेशसभा सचिवालयले नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको स्वागतमा चियापान कार्यक्रम समेत आयोजना गरेको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा (एकीकृत समाजवादी) पार्टीका ४, राप्रपा १ र स्वतन्त्र १ जना सांसद छन् ।