भक्तपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले चार जना पत्रकारलाई पुरस्कृत गरेको छ । शाखाको २६ औं स्थापना दिवसको अवसरमा शनिवार आयोजित कार्यक्रममा शाखाले चार जना पत्रकारलाई पुरस्कृत गरेको हो ।
पुरस्कृत हुने पत्रकारहरुमा वरिष्ठ पत्रकार प्रविणराज जोशी, भरतबन्धु थापा, कविता थापा र नविना खर्बुजा श्रेष्ठ छन । शाखाले पत्रकार जोशीलाई अग्रज पत्रकार सम्मान २०७९ द्धारा पुरस्कृत गरेको हो...
नृपेन्द्रलाल श्रेष्ठ नेतृत्वको १९ सदस्यीय नयाँ कार्यसमिति छनोट गरी नेवाः पत्रकार राष्ट्रिय दबूको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । संस्थाको दसौं वार्षिक साधारणसभा तथा चौंथो राष्ट्रिय महाधिवेशनबाट श्रेष्ठ नेतृत्वको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष सुनिल महर्जन, उपाध्यक्षद्वय क्रमशः सुरेन्द्रभक्त श्रेष्ठ, रचना श्रेष्ठ तथा चितवनका सन्दीपकुमार श्रेष्ठ छन् । महासचिवमा कृष्णकाजी (केके) मानन्धर, सचिव राजु नापित, कोषाध्यक्ष बाबुकाजी श्रेष्ठ, सहसचिवद्वय प्रजित शाक्य,...
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा समाजवादी ध्रुवीकरणको प्रयत्न गर्नुपर्ने बताएका छन् ।आइतबार बसेको राजनीतिक समितिको बैठकमा राजनीतिक प्रतिवदन पेश गर्दै भट्टराईले समाजवादी ध्रुवीकरणका लागि विभिन्न पार्टी तथा समूहसँग सहकार्य र एकताको पहल गर्नपर्ने बताएका छन् । उनले एकता तथा ध्रुवीकरणबारे निर्णय गर्ने अधिकार पार्टीको केन्दीय कार्यसमितिलाई दिने प्रस्ताव समेत गरेका छन् ।नेपाली विशेषताको नयाँ...
विराटनगर । प्रदेश १ को मुख्यमन्त्री पद नेकपा एमालेले लिने भएको छ । शीर्ष नेताहरुबीच शनिबार साँझ भएको छलफलमा एमालेले मुख्मन्त्री र नेकपा माओवादी केन्द्रले सभामुख लिने सहमति जुटेको हो ।बाँकी प्रदेशको भागवण्डा भने टुंगो लाग्न बाँकी छ । आइतबार साँझ ५ बजे बस्ने सत्ता साझेदार दलहरुको बैठकले भागवण्डा टुंग्याउने नेताहरु बताउँछन् ।प्रदेश १ मा मुख्यमन्त्रीमा दाबी पेश गर्ने...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा आज भएको भेटमा समर्थनसहित सरकारलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्री दाहालले दुवै अध्यक्षसँग सरकारलाई विश्वासको मत दिन आग्रह...
काठमाडौँ । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ्ग कार्यभार सम्हाल्न काठमाडौँ आएका छन् ।आइतबार काठमाडौँ आइपुगेका उनले नेपाल–चीनबीचको सदियौं पुरानो सम्बन्धलाई अझ उचाइमा पुर्याउन भूमिका खेल्ने बताएका छन् ।चेन नेपालका लागि २२औँ चिनियाँ राजदूत हुन् ।
महोत्तरी । महोत्तरीकै सबैभन्दा बढी भूमिहीन र अव्यवस्थित बसोबासी रहेको बर्दिबासको लालपुर्जाको विषय विवादित बनेको छ। स्थानीय सरकारले नापजाँचलाई प्रमाणीकरण गरेको प्रतिवेदन नापी कार्यालयलाई बुझाउन नसक्दा नापजाँच भएको नापनक्सासमेत विवादित बनेको हो।नापी कार्यालयले यसअघि भएका नापनक्सामा त्रुटि भएको जिकिर गर्दै नगरपालिकाले नापी कार्यालयका कर्मचारी संलग्न गराएर पुनः जाँच गर्नुपर्ने अडान राखेको छ। नापी कार्यालयका महोत्तरी प्रमुख राकेश यादवका अनुसार...
काठमाडौँ । सुनको मूल्य आज एक हजार रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि, शुक्रबार छापावाल सुन तोलाको १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ८०० रुपैयाँ निर्धारण भएको छ। शुक्रबार, तेजावी सुनको मूल्य तोलाको...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार रातो आलु ३५ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ। यो समितिले तोकेको न्यूनतम मूल्य हो।यस्तै कन्य च्याउ प्रतिकेजी १५० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३०० रुपैयाँ रहेको छ। ब्रोकाउली ५० रुपैयाँ, काउली स्थानीय ४० रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, तोरी साग...
काठमाडौँ । प्रि-ओपन सेसनमा आइतबार नेप्से सूचक ५ अंकले उकालो लागेको छ। यससँगै सूचक २१४८.९३ विन्दुमा आएको छ। ३५ कम्पनीको कुल १० हजार ५२१ कित्ता सेयर खरिदबिक्री भएको र ७३ लाख १६ हजार ७३६ रुपैयाँको सेयर कारोबार भएको छ।यो सेसनमा कुल २९ कम्पनीमा उकलो लागेको छ भने ५ कम्पनी घटेको छ। साथै एक कम्पनी स्थिर छ। १३ उपसूचकहरू मध्ये...










