Tuesday, May 19, 2026
Home Blog Page 533
काठमाडौँ । प्रि-ओपन सेसनमा आइतबार नेप्से सूचक ५ अंकले उकालो लागेको छ। यससँगै सूचक २१४८.९३ विन्दुमा आएको छ। ३५ कम्पनीको कुल १० हजार ५२१ कित्ता सेयर खरिदबिक्री भएको र ७३ लाख १६ हजार ७३६ रुपैयाँको सेयर कारोबार भएको छ।यो सेसनमा कुल २९ कम्पनीमा उकलो लागेको छ भने ५ कम्पनी घटेको छ। साथै एक कम्पनी स्थिर छ। १३ उपसूचकहरू मध्ये...
न्यु योर्क । ट्विटर इंकले विश्व सामग्रीको मध्यस्थता र घृणायुक्त भाषण र उत्पीडन सम्बन्धी इकाईमा थप कर्मचारी कटौती गरेको छ । ब्लुमबर्ग समाचारका अनुसार ट्विटरको एक दर्जन थप कटौतीले कम्पनीको डब्लिन र सिंगापुर कार्यालयका कामदारहरूलाई असर गरेको छ ।एलोन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल प्लेटफर्ममा हटाइएकाहरूमा एसिया–प्रशान्त क्षेत्रका लागि साइट अखण्डता प्रमुखको रूपमा हालसालै नियुक्त भएका नुर अजहर बिन...
काठमाडौँ । राष्ट्रिय किताब खानाले निजामती सेवाबाट निवृत्त हुन लागेका कर्मचारीको हितलाई ध्यानमा राखेर ई-पेन्सन अनलाइन सेवा सुरुआत गरेको छ । ललितपुरबाट एक महिनाअघि प्रारम्भिक परीक्षण गरिएको उक्त सेवा अहिले दुर्गम जिल्लाबाट पनि पेन्सन पट्टाका लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।सूचना प्रविधिप्रतिको बढ्दो आकर्षण र सेवालाई छिटो, छरितो र प्रविधिमैत्री बनाउने सिलसिलामा ई-पेन्सनको अवधारणा अघि सारिएको...
काठमाडौँ । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश १ सरकारको मुख्यमन्त्री दाबी गर्न दलहरूलाई दिएको समयसीमा आज साँझ ५ बजे सकिँदै छ। सत्ता साझेदार दलहरूले आजै प्रदेश प्रमुखसामु मुख्यमन्त्री दाबी गर्ने तयारी गरेका छन्।प्रदेश १ सरकारको नेतृत्व एमालेबाट हिक्मत कार्कीले गर्ने गठबन्धन दलहरूले बताएका छन्। झापा ५ को क्षेत्र नम्बर १ बाट प्रदेशसभामा निर्वाचित कार्की एमाले स्थायी कमिटी सदस्य हुन्।...
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपचुनावको प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको छ। आगामी माघ २५ गते हुने राष्ट्रिय सभा सदस्य उपचुनावका लागि आयोगले आइतबार सूचना जारी गर्दै संविधानको धारा २ सय ७१ अनुसार दल दर्ता गर्न आह्वान गरेको हो।निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरूले पुस २५ गतेदेखि २८ गतेसम्म दल दर्ताका लागि निवेदन दिन सक्ने...
विराटनगर । प्रदेश १ मा सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज साँझ ५ बजेबाट सकिँदैछ ।पुस १७ गते प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पुर्याएर सात दिन भित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।यो बिचमा सत्तारुढ गठबन्धन दलहरुले आन्तरिक छलफल...
काठमाडौं । सत्ता गठबन्धनका दलका नेताहरुको बैठक आज बस्दै छ । बैठक बिहान १० बजे माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बस्ने छ ।बैठकमा पुस २६ गते प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा लिने विश्वासको मत र प्रदेश सरकार गठनबारे छलफल हुने प्रचण्ड निकट स्रोतले बतायो । कुन प्रदेश सरकारको नेतृत्व कुन दलले गर्ने भन्ने विषयमा नेताहरुबीच...
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ । मौसम विश्लेषण (Meteorological Analysis) हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। हाल मौसमको अवस्था (Present Weather Status) देशका पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका धेरै भू-भागहरूमा हुस्सु/कुहिरो लागिरहेको अवस्था छ। २०७९ पुस २४...
काठमाडौं । परराष्ट्रविद् मधुरमण आचार्यले आर्थिक कूटनीतिका लागि दक्ष राजदूतको नियुक्तिमा ध्यान दिन सरकारलाई सुझाव दिएका छन् । पूर्वपरराष्ट्र सचिव समेत रहेका उनले मुलुकको आर्थिक कूटनीतिलाई अघि बढाउन सरकारले दक्ष राजदूत नियुक्तिमा ध्यान दिनुपर्ने बताए ।राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकमा परराष्ट्रविद् आचार्यले आर्थिक र कूटनीति दुवै थाहा नभएकालाई सरकारले राजदूत बनाएर पठाएका कारण...
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानी विवादबारेको मुद्दामा शुक्रबार सर्वोच्च अदालतमा भएको सुनुवाइ सकिएको छ। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले उनीविरूद्ध परेका मुद्दाको सुनुवाइ गरेको हो।दुवै पक्षका वकिलहरूको बहस सुनेपछि निर्णय गर्न अहिले न्यायाधीशहरू छलफलमा जुटेका छन्। रिट...