भक्तपुरका चार जना पत्रकार पुरस्कृत

146

भक्तपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले चार जना पत्रकारलाई पुरस्कृत गरेको छ । शाखाको २६ औं स्थापना दिवसको अवसरमा शनिवार आयोजित कार्यक्रममा शाखाले चार जना पत्रकारलाई पुरस्कृत गरेको हो ।
पुरस्कृत हुने पत्रकारहरुमा वरिष्ठ पत्रकार प्रविणराज जोशी, भरतबन्धु थापा, कविता थापा र नविना खर्बुजा श्रेष्ठ छन । शाखाले पत्रकार जोशीलाई अग्रज पत्रकार सम्मान २०७९ द्धारा पुरस्कृत गरेको हो । विगत चार दशकदेखी पत्रकारिता क्षेत्रमा क्रियाशिल जोशीलाई नगद ५ हजारसहित उक्त पुरस्कार प्रदान गरेको हो । महासंघ भक्तपुरले विगतमा तत्कालिन जिल्ला विकास समितिको साझेदारीमा प्रदान गर्दै आएको उक्त पुरस्कार जिविसको खारेजीसँगै बन्द भएकोमा यसवर्ष देखी पुनः शुरु गरेको जिल्ला अध्यक्ष जगतकृष्ण प्रजापतिले बताउनुभयो ।

यस्तै फोटो पत्रकार भरतबन्धु थापालाई स्व. भगवान राजकुमार महर्जन स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ । पुरस्कारको राशी नगद १० हजार रहेको छ । शाखाले यसवर्षको स्व. मैयाँदेवी शिल्पकार स्मृति पुरस्कार नविना खबुर्जा श्रेष्ठलाई प्रदान गरेको छ ।
यसैगरी शाखाले यसवर्ष देखी महिलाहरुलाई पत्रकारिता आउन प्रेरित गर्न र प्रोत्साहन गर्न क्रियाशिल महिला पत्रकारिता पुरस्कारको शुरुवात गरेको छ । यसवर्ष उक्त पुरस्कार गोरखापत्रका फोटो पत्रकार कविता थापालाई प्रदान गरेका छ ।
पुरस्कृत चारै जना पत्रकारलाई पुर्व प्रधानमन्त्री एवम् नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रमाणपत्र र नगदसहित पुरस्कृत गर्नुभयो । सो अवसरमा गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ भक्तपुरबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभाका १४ जना सदस्यहरुलाई समेत बधाईसहित सम्मान गरिएको थियो ।
सम्मानीत हुने सांसदहरुमा प्रतिनिधि सभाका सदस्यद्धय दुर्लभ थापा र रमा कोइराला पौडेल, बागमती प्रदेश सभाका सदस्यहरु सुरेश श्रेष्ठ, किरण थापा, सुलोचना श्रेष्ठ राजभण्डारी, देवेन्द्र श्रेष्ठ, भुवनकेशरी श्रेष्ठ, धनेश्वरी प्रजापति, डा. राजेन्द्रमान श्रेष्ठ छन ।