Tuesday, May 19, 2026
Home Blog Page 531
जनकपुरधाम । शिक्षिकाको लापरबाहीले विद्यार्थीको मृत्यु भएपछि सिरहामा तनाव सिर्जना भएको छ। विद्यार्थीको मृत्युपछि विद्यार्थीहरुको आन्दोलन उग्र बन्दा प्रहरीले अश्रुग्यास तथा हवाई फायर गरेको छ।प्रहरीले आन्दोलनलाई नियन्त्रणमा लिन ६ राउण्ड हवाई फायर र करिब १० राउण्ड अश्रुग्यास प्रहार गरेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभास बुढाथोकीले जानकारी दिए।मिर्चैया नगरपालिका ६ मा रहेको सगरमाथा स्कुलको कक्षा ८ मा अध्ययनरत...
काठमाडौँ । भक्तपुर नगरपालिका १ बाट एक किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । भक्तपुर नगरपालिका १ यति कार्पेट जय नेपाल चोक बस्ने २१ वर्षीय विकेश तामाङलाई अवैध लागूऔषध गाँजासहित प्रहरीले शनिबार राति पक्राउ गरेको हो ।प्रहरी प्रभाग दुधपाटीबाट खटिएको प्रहरीले उनलाई बा ३१ प ३९८०, बा ८७ प ११८६ नम्बरको मोटरसाइकल र उक्त गाँजासहित फेला...
काठमाडौँ । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा १९ वर्षे किशोर पक्राउ परेका छन् । बलात्कार गरेको अभियोगमा प्रहरीले सिन्धुली फिक्कल गाउँपालिका–६ घर भई ललितपुर महानगरपालिका–२४ धापाखेल बस्ने १९ वर्षीय बेधबहादुर नेपालीलाई पक्राउ गरेको हो ।बेधबहादुरले किशोरीलाई १६ पुसमा धापाखेलस्थित आफ्नै टहराभित्र बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा...
का‍ठमाडौँ । कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ। कम्पनीले आगामी माघ ३ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा आठ लाख ९६ हजार चार सय कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो।कम्पनीले आफ्नो जारी पुँजी ६० करोड को १८ प्रतिशतले हुने १० करोड ८० लाख बराबरका १० लाख ८०...
काठमाडौँ । सिरहाकाको मिर्चैयामा गोली चलेको छ । मिर्चैया नगरपालिका-३ स्थित सगरमाथा माविमा कक्षा ८ मा अध्ययनरत छात्राको मृत्युपछि अहिले प्रदर्शन भइरहेको छ ।प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय मिर्चैयामा घेरा हालेपछि ६ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी सुवास बुढाथोकीले बताए ।भिड नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड ग्याँस सेल पनि प्रहार गरेको छ । प्रदर्शनकारीले ढुङ्गा प्रहार...
काठमाडौं । नयाँ सरकार बनेसँगै निरन्तर बढिरहेको सेयर बजारमा आइतबार पनि उछाल देखिएको छ । तीव्र उतारचढावबीच साताको पहिलो दिन दोहोरो अंकले बढेको बजारमा साढे ५ अर्ब रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।आइतबार २०.५५ अंकले बढेर नप्से परिसूचक २१ सय ६४.४८ को बिन्दुमा पुगेको छ । आइतबार २५९ कम्पनीको एक करोड ४१ लाख ९८७८ कित्ता सेयर खरिद बिक्री...
काठमाडौं । नेपालमा अहिले एउटै मात्र सार्वजनिक रेलमार्ग सञ्चालनमा छ– जनकपुर–जयनगर । यो रलमार्गमा चल्ने रेल पनि एउटै छ । वीरगञ्जको सुख्खा बन्दरगाहसम्म भारतबाट ‘बल्क कार्गो बोकेर रेल त आउँछ, तर त्यो भारतीय ‘क्यारियर’ रेल हो ।नेपालमा रेल र रेलमार्गको मामिला हेर्ने सरकारी अड्डाहरु भने थोरै छैन । अहिले त कतिपय स्थानीय तह पनि रेलमार्ग बनाउन अग्रसर छन् ।...
काठमाडौँ । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र डा. सिके राउत नेतृत्वको जनमत पार्टीबीच कार्यगत एकता भएको छ । दुवै पार्टीले उठाउँदै आएको थरुहट, मधेसका साझा धारणा र मुद्दाहरूलाई संयुक्त रूपमा उठाउने गरी कार्यगत एकता भएको हो ।आइतबार नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले १२ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका...
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौंको माइतीघरमा चरणवद्ध आन्दोलमा रहेका पक्षलाई धर्ना छोडेर अनुसन्धानमा सघाउन आग्रह गरेका छन् ।सरकारले उक्त घटनाबारे संवेदनशील भएर छानबिन अघि बढाउनुका साथै नेपाल प्रहीको केन्द्रीय अनुशन्धान ब्युरो सीआईबीले विशेष टोली परिचालन गरि छानबिन गरिरहेको भन्दै गृहमन्त्रीले धर्ना र आन्दोलनका सबै गतिविधि छोडेर छानबिनका लागि सहयोग गर्न आग्रह...
काठमाडौं । ‘चौथों एपिक नेपाल म्युजिक अवार्ड २०७९’ माघ ७ गते शनिबार मध्यपुर थिमी नगरपालीका दुइ पोखरी भक्तपुरमा हुने भएको छ। भक्तपुर जिल्ला आफैमा कला र संस्कृतिले भरिपुर्ण भएको एतिहासिक शहर हो। कला र संस्कृतिले मात्र हामी हाम्रो राष्ट्र र राष्ट्रियताको जगेर्ना गर्न सक्छौ। हाम्रो मौलिक भेष भुषा कला संस्कृतिको माध्यमले देशलाई समृद्ध बनाउन सकिन्छ र त्यसको साथै कला...