Home Blog Page 523
गोरखा । गोरखाका सबै क्रसर उद्योग बन्द भएका छन् । नियम विपरीत संचालित भएकोले स्थानीय प्रशासनले सबै उद्योगमा ताला लगाएको हो ।गृहको निर्देशन अनुसार नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको बैठकले अवैध क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको हो । सोही निर्णय अनुसार सोमबार जिल्लाका सबै क्रसर उद्योगमा ताला लगाइएको प्रमु्ख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।पर्यटन तथा...
काठमाडौँ । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिने भएका छन् ।प्रदेश प्रमुख तिलक परियारले दिउँसो ४ बजे उनलाई शपथ ग्रहण गराउनेछ । बुधबार नियुक्त भएका मुख्यमन्त्री शर्मालाई प्रदेश प्रमुख परियारले नियुक्त गरेका थिए । नेपालको संविधानको धारा १६८ को उपधारा(२) बमोजिम शर्मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
काठमाडौँ। अर्थ मन्त्रालयका सचिव तोयम रायाले नेपाल राष्ट्र बैङ्क सञ्चालक समिति सदस्यको पद तथा गोपनीयताको शपथ लिएका छन् । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट बिहीबार सचिव रायाले नेपाल राष्ट्र बैङ्क सञ्चालक समिति सदस्यको पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
काठमाडौं । नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारी सुरु गरेको छ । ५ चैतमा हुने स्ववियु निर्वाचनका लागि संघले दुई वटा समिति बनाएको छ । संघका अध्यक्ष दुजाङ शेर्पाले घोषणापत्र तयारी समिति संयोजकमा पुजन गन्धर्व र प्रचार प्रसार समितिको संयोजकमा डा. सन्तोष उपाध्यायलाई मनोनित गरेका छन् ।गन्धर्व पूर्व केन्द्रीय सदस्य हुन् भने उपाध्याय चिकित्सा अध्ययन संस्थानको पूर्व...
काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपाल र नेकपा एकीकृत समाजवादीबीच एकता वार्ता हुन लागेको छ ।एकताका लागि गठित दुई पक्षको कार्यदलबीच छलफल हुन लागेको कार्यदलका सदस्य प्रकाश ज्वालाले जानकारी दिए ।नेकपा एकीकृत समाजवादीले महासचिव वेदुराम भसालसहित नेताहरु डा. विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहेको कार्यदल बनाएको थियो ।यस्तै जसपाले पनि नेताहरू राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र...
बिराटनगर । प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् । बिहीबार बसेको बैठकमा सभाका जेष्ठ सदस्यले गौतम निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।
काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज (बिहीबार) बस्दैछ । आज बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय र मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागवण्डा टुङ्गो लगाउने तयारी गरेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारको योजना बनाएका छन् । तर, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित गठबन्धन दलबीच मन्त्रालय भागवण्डा टुङ्गिएको छैन । प्रधानमन्त्री प्रचण्डका स्वकीय...
अमेरिका । अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । गत मङ्गलबारबाट सो आँधी सुरु भएको र बुधबार बिहानसम्म ज्यान जानेको संख्या १७ पुगेको बताइएको छ ।अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या रहेको सहर क्यालिफोर्नियामा आँधीबाट ती नागरिकको ज्यान गएको र केही भौतिक संरचनाहरुमा पनि क्षति पुगेको बताइएको छ । आँधीसँगैको वर्षाबाट बाढी र पहिरो पनि आएको...
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । चाँदीको मूल्यमा भने थोरै गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार छापावाल सुन तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै तेजाबी सुन तोलामा...
काठमाडौँ । प्रि ओपन सेसनमा बिहीबार नेप्से सूचक १३.४२ अंकले उकालो लागेको छ।यससँगै ७३ कम्पनीको २६ हजार ८९७ कित्ता सेयर खरिदबिक्री हुँदा करिब एक करोडको रुपैयाँको सेयर कारोबार भएको छ।यो सेसनमा कुल ५२ कम्पनीमा उकलो लागेको छ भने १३ कम्पनी घटेको छ।