Home Blog Page 522
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जबीच भेटवार्ता भएको छ । सिंहदरवारमा प्रधानमन्त्री दाहाल र राजदूत प्रिन्जबीच भेटवार्ता भएको हो ।भेटका क्रममा उनीहरुबीच दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री नियुक्त भएपछि भारत, चीन, अमेरिकालगायतका राजदूतहरूले प्रधानमन्त्री दाहालसँग भेट गरिसकेका छन् ।
गोरखा । सहिद लखन गाउँपालिकाले धार्मिक संस्कारका लागि घरेलु मदिरा उत्पादन गर्न वडा कार्यालयको अनुमति लिनुपर्ने प्रावधान ल्याएको छ ।मदिरा नियन्त्रण, व्यवस्थापन तथा नियमनसम्बन्धी प्रावधानलाई व्यवस्थित गर्दै वडास्तरीय मदिरा व्यवस्थापन समितिबाट अनुमति लिएर मात्र तोकिएको प्रयोजनका लागि उत्पादन गर्न पाउने व्यवस्था गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले बताए । हालै सम्पन्न १२ औं गाउँसभाले मदिरा नियन्त्रण, व्यवस्थापन तथा नियमन ऐन,...
काठमाडौँ । सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल पुलिस क्लबले न्यू डाइमण्ड युथ स्पोर्टस क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलामा आज भएको खेलमा विभागीय टोली पुलिसले न्यू डायमन्डलाई ३-२ को सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।यस जितसँगै पुलिस समूह ‘ए’ को विजेता...
काठमाडौँ । बागमती प्रदेश सभाको सभामुखमा नेपाली काँग्रेसका शिवराज अधिकारीले मनोनयन दर्ता गरेका छन् । बागमती प्रदेश काँग्रेस संसदीय दलले समानुपातिकतर्फबाट निर्वाचित धादिङका अधिकारीलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।जस अनुसार उनले उम्मेदवारी दर्ता गरेका हुन् । अधिकारीको प्रस्तावकमा कुन्दनराज काफ्ले र रामकृष्ण चित्रकार समर्थक छन् ।सत्ता साझेदार दलहरूको तर्फबाट भने राप्रपाका भुवन पाठक उम्मेदवार बन्ने छन् ।...
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनता समाजवादी पार्टी सरकारमा नजाने अवस्थामा मात्रै दुई दलबीच एकता हुने बताएका छन्। अध्यक्ष नेपालले रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्न जसपा तयार भए दुई दलबीच एकताका लागि कुनै समस्या नहुने स्पष्ट पारेका छन्।‘जसपा केन्द्र र प्रदेशमा सरकारमा जान खोजिरहेको छ। हामी रचनात्मक प्रतिपक्षमा बस्ने भनिरहेका छौँ। अन्य मुद्दामा केही समस्या छैन।...
काठमाडौँ । दुई युवाको हत्या अभियोग लागेका बागलुङका १५ जना युवालाई जन्मकैदको फैसला भएको छ । घटनामा संलग्न एक बालकलाई सुधारगृह पठाइने भएको छ । २०७७ सालको चैत १५ गते होली खेल्ने क्रममा भएको झडपमा बागलुङको निसीखोला गाउँपालिका-७ का प्रकाश कुँवर र दीपक परियारको मृत्यु भएको थियो ।कुटपिट गरेपछि भीरबाट खसाल्दा मृत्यु भएको प्रहरी अनुसन्धानमा खुलेपछि बडिगाड गाउँपालिका १०...
काठमाडौँ । बागमती प्रदेशको सभामुख पदका लागि नेमकिपाकी सृजना सायजुले मनोनयन दर्ता गरेका छन् । बिहीबार प्रदेशसभा सचिवालय हेटौँडामा उपस्थित भएर सायजुले सभामुख पदमा मनोनयन दर्ता गरेका हुन् ।उनले नेमकिपाका सांसद को प्रस्ताव सुरेन्द्रराज गोर्साइ र गीता काफ्लेको समर्थनमा मनोनयन दर्ता गरेका हुन् । उनले नेपालको संविधानको धारा १८२ एवम् प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७४ को नियम ७ को...
काठमाडौँ । बैतडीको पाटन नगरपालिका ६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न रहेको आरोपमा एक दम्पतीलाई कारागार चलान गरिएको छ। कारागार चलान हुनेमा पुर्चाैडी नगरपालिका ३ का प्रजा बोहरा र उनकी श्रीमती बिमला बोहरा रहेका छन्।दुवै जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।...
काठमाडौँ । प्रधानमन्त्री शेख हसिनाको राजीनामा र चाँडो भन्दा चाँडो नयाँ चुनाव घोषणा गर्न माग गर्दै बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी)को नेतृत्वमा बङ्गलादेशका विपक्षी दलहरूले देशका विभिन्न स्थानमा सार्वजनिक सभाहरू आयोजना गरेका छन् ।ढाकामा विद्युत् मूल्यवृद्धिको (योजना कार्यान्वयन हुन बाँकी)को विरोधमा बीएनपीले जनवरी १६ मा देशव्यापी र्‍याली र जुलुस गर्ने घोषणा गरेको छ । बिएनपीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरले...
चितवन । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन कानुनको पालना गर्न निर्देशन दिएका छन् । आज भरतपुर विमानस्थलको पार्किङ स्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएको जानकारी दिए ।‘सबै प्रमुख जिल्ला अधिकारीहरूलाई कसैको पनि प्रभावमा नपरी काम गर्नका लागि निर्देशन दिएको छु’, उनले भने, ‘कानुनको पालना गर्न र...